# भर्खरै
Namaste Icon
Ad

कोरोना संक्रमित ह्वात्तै बढेपछि बेलायतमा फेरि लकडाउन घोषणा

कोरोना संक्रमित ह्वात्तै बढेपछि बेलायतमा फेरि लकडाउन घोषणा

लण्डन । कोरोना संक्रमण बढेपछि बेलायतमा पुनः लकडाउन घोषणा गरिएको छ। प्रधानमन्त्री बोरिस जोन्सनले देशमा कोरोना संक्रमण लगातार बढिरहेको देशव्यापी लकडाउन गरिएको जनाएका छन्। उनले नागरिकलाई घरैमा बस्न अपिल गरेका छन्। योसँगै मंगलबारदेखि नै शैक्षिक संस्थाहरु अनलाइनमाध्यमबाटै सञ्चालित हुनेछन्। अत्यावश्यकबाहेकका काममा घरबाट बाहिर ननिस्कन भनिएको छ। शारीरिक अभ्यास, मेडिकल सहायता र घरेलू हिंसाबाट बच्न भने घरबाट बाहिर निस्कन सक्ने जनाइएको छ। यो प्रतिबन्ध फेब्रुअरीको मध्यसम्म लागू हुने जनाइएको छ।

जोन्सनले तत्काल देशमा कोभिडको अलर्ट लेभल ५ गर्न सुझाव दिएका छन्। यसको अर्थ तत्काल आवश्यक कदम नचाले एनएचएसको क्षमताभन्दा बढी संक्रमित हुनेछन्। उनले बेलायतमा कोरोना खोप सुरु भइसकेको र अन्य युरोपको तुलनामा बढी नागरिकलाई खोप दिइसकेको पनि बताएका छन्। उनले फेब्रुअरीको मध्यसम्म प्राथमिकताका ४ समूहलाई खोप दिइसकिने बताएका छन्।

Ad

सम्बन्धित समाचारहरु

जो वाइडेनको मन्त्रिपरिषद्मा १२ महिला

जो वाइडेनको मन्त्रिपरिषद्मा १२ महिला

काठमाडौं । अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित जो वाइडेनले निर्वतमान राष्ट्रपतिको निर्णय उल्टाउदै काम शुरु गरेका छन् । कार्यकालको पहिलो दिन राष्ट्रपति बाइडनले कैयन् कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रष्ट पार्ने प्रयास गरेका छन् । कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशमध्ये कतिपयले ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएका छन् । ‘हामीले सामना गरिरहेको संकटसँग जुझ्ने क्रममा खेर फाल्ने समय हामीसँग छैन’, शपथ ग्रहणपश्चात् ह्वाइट हाउस प्रवेश गर्नुअगाडि राष्ट्रपति जो बाइडनले ट्वीट गरेका थिए ।

‘कोभिड संकट’, ‘आर्थिक संकट’ र जलवायु संकट’ वाईडेनका मुख्य प्राथमिकता

काठमाडौँ। अमेरिकी राष्ट्रपति पद सम्हाल्ने बित्तिकै जो बाइडेनले थुप्रै ठूला निर्णयमाथि हस्ताक्षर गरे ।

Ad

प्रतिक्रिया दिनुहोस