Namaste Icon
Ad

नेपाली र्‍यापर लाउरेको कन्सर्टमा भागदौड हुँदा भारतमा दुई जनाको मृत्यु

नेपाली र्‍यापर लाउरेको कन्सर्टमा भागदौड हुँदा भारतमा दुई जनाको मृत्यु

काठमाडौं । भारतको पश्चिम बंगालस्थित कालेबुङ मैदानमा आयोजना भएको नेपाली चर्चित र्‍यापर आशिष राना लाउरेको कन्सर्टमा भागदौड हुँदा दुई जनाको मृत्यु र पाँच जना गम्भीर घाइते भएका छन् । गेटमा भीड हुँदा भागाभाग भएपछि लडेर त्यही भीडले कुल्चिँदा एक महिलाको मृत्यु भएको पश्चिम बंगाल प्रहरीले जनाएको छ ।

भागदौडमा ३९ वर्षीया विनिता गुरुङ र ४६ वर्षीया अनिता क्षेत्रीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।म्याड डग नामक संस्थाले आयोजना गरेको कन्सर्टमा नेपाली अभिनेता एवं र्‍यापर लाउरेले प्रस्तुति दिएका थिए ।

प्रहरीका अनुसार लाउरेले गाइसकेपछि एक्कासी कन्सर्टको प्रवेशद्धारा खोलिंदा धेरै मानिस सिंढीमा लडेका थिए । घाइतेलाई कालेबुङ अस्पतालमा उपचारार्थ लगिएको थियो । घाइतेमध्ये अमिता सुब्बा र मिक्सम तामाङको गम्भीर अवस्थामा सिलुगढी अस्पतालमा उपचार भैरहेको छ ।

घटनालाई लिएर सांसद राजु विष्ट र चर्चित गायक विपुल क्षेत्रीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनीहरुले घटनाको छानबिन गर्न पनि माग गरेका छन् । सांसद विष्टले प्रहरीले लाठीचार्ज गर्दा भागदौड मच्चिएको उल्लेख गर्दै घटनामा प्रहरी दोषी देखिएको भनेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

भारतमा आजदेखि नागरिकलाई कोरोनाविरुद्धको खोप

भारतमा आजदेखि नागरिकलाई कोरोनाविरुद्धको खोप

काठमाडौं । दक्षिणी छिमेकी मुलुक भारतको सरकारले शनिबारदेखि आफ्ना नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ। उक्त अभियानको प्रधानमन्त्री नरेन्द्र मोदीले १० बजेर ३० मिनेटमा सुरुवात गर्दैछन् ।

वासिङ्टनमा ट्रम्पले लगाए सङ्कटकाल

वासिङ्टनमा ट्रम्पले लगाए सङ्कटकाल

वासिङ्टन। संयुक्त राज्य अमेरिकामा नयाँ कार्यकालका लागि निर्वाचित राष्ट्रपति जोइ बाईडेन र उपराष्ट्रपति कमला ह्यारिसको शपथ ग्रहण नजिकिंदै गर्दा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनमा संकटकाल लगाएका छन्। आफूविरुद्ध अमेरिकी संसद्मा महाभियोग प्रस्ताव पेस गरिएलगत्तै ट्रम्पले जनवरी ११ देखि २४ सम्म उक्त संकटकाल लगाएका हुन्।

Ad

प्रतिक्रिया दिनुहोस