# भर्खरै
Namaste Icon
Ad

राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धको छाया प्रतिवेदन युएनको मानव अधिकार समितिमा पेस

राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धको छाया प्रतिवेदन युएनको मानव अधिकार समितिमा पेस

काठमाडौं । नेपाली नागरिक संस्थाहरूको सञ्जाल मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्र (एचआरटिएमसीसी) को सचिवालय अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पुस २० गते संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार समितिमा नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी छाया प्रतिवेदन पेस गरेको छ । प्रतिवेदनमा विगत आठ वर्षको अवधिमा मुलुकको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अवस्था र सुधारका लागि सुझावहरु प्रस्तुत गरिएको छ ।

प्रतिवेदनमा राष्ट्रिय मानव अधिकार संस्थाहरू, दण्डहीनता, लैङ्गिक समानता, जातीय विभेद, गैरन्यायिक हत्या र यातना, स्वेच्छाचारी गिरफ्तारी, जेल र हिरासतको अवस्था, महिलाविरूद्धका हिंसा, घरेलु हिंसा, बालबालिकालाई दिइने शारीरिक दण्ड सजाय, स्वच्छ न्याय र बाल न्यायसम्बधी विषयवस्तु समेटिएको छ । सन् २०११–२०१८ को अवधिको पाँचौँ र छैठौँ आवधिक छाया प्रतिवेदन पेस गरिएको मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्रको सचिवालयकी फोकल पर्सन सम्झना श्रेष्ठले जानकारी दिइन ।

मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्रको नागरिक तथा राजनीतिक अधिकारको अन्तर्राष्ट्रिय अनुबन्धसम्बन्धी समितिको संयोजक संस्था इन्हुरेड इन्टरनेशनलले अन्य सदस्य संस्थासँगको समन्वयमा प्रतिवेदन तयार पारेको हो ।

नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध–१९६६ लाई नेपालले १९९१ मा नै अनुमोदन गरेको हो । त्यसैगरी यो अनुबन्धका इच्छाधिन आलेख पहिलो र दोस्रोको पनि नेपाल पक्ष राष्ट्र भइसकेको छ । पहिलो इच्छाधिन आलेखमा व्यक्तिगत उजुरीको प्रावधान राखिएको छ भने दोस्रो इच्छाधिन आलेखमा मृत्युदण्ड उन्मुलनसम्बन्धी व्यवस्था गरिएको छ ।

Ad

सम्बन्धित समाचारहरु

‘संकटमा गैरआवासीय नेपालीहरुको भूमिका प्रशंसायोग्य छ’

काठमाडौं । गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन शनिबारदेखि सुरु भएको छ । भर्चुअल माध्यमबाट आइतबारसम्म चल्ने सम्मेलनमा महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी गरिएको छ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले गैरआवासीय नेपालीहरुले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताएका छन् । गैरआवाासीय नेपाली संघको विशेष साधारणसभाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले संघले संकटको बेला आफ्नो औचित्य र भूमिकालाई स्थापित गर्न सफल भएको बताएका हुन् ।

काभ्रेमा विष्फोट, बीपी राजमार्गमा सवारी अवरुद्ध

काभ्रेमा विष्फोट, बीपी राजमार्गमा सवारी अवरुद्ध

काठमाडौं । काभ्रेपलाञ्चोकको मंगलटारमा विष्फोट भएको छ । गएराति मंगलटारमा विष्फोट भएको तर बम हो हथवा अरु नै केही हो यकिन नभएको प्रहरीले बताएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस