# भर्खरै
Namaste Icon
Ad

चिनियाँ सेनालाई राष्ट्रपति सी ले दिए यस्ताे निर्देशन

चिनियाँ सेनालाई राष्ट्रपति सी ले दिए यस्ताे निर्देशन
चिनियाँ राष्ट्रपति सी चिनफिङ

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना सेनालाई युद्धको लागि तयार रहन निर्देशन दिएका छन्। जुनसुकै बेला पनि युद्ध हुनसक्ने खतरा बढेकाले उनले युद्धको लागि ‘हरेक सेकेन्ड’ तयार हुन आफ्ना सेनालाई निर्देशन दिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

केन्द्रीय सैन्य आयोगका प्रमुख समेत रहेका सीले आफ्ना सेनालाई पुरा समय लडाइँको रणनीतिमा खर्चिन पनि निर्देशन दिएका छन्। उनले अग्रपंक्तिका सेनाको क्षमतालाई बढाउने अभ्यासहरु सुरु गर्न पनि भनेका छन्। सैन्य अभ्यासहरुमा प्रविधिको प्रयोग व्यापक रुपमा गर्न लगाइएको छ।

सीको पछिल्लो निर्देशन भारत र ताइवानतर्फ केन्द्रित भएको अनुमान गरिएको छ। सन् २०२० मा चीन र भारतका सेनाबीच लद्दाखको सीमा क्षेत्रमा झडप भएको थियो। उक्त झडपका क्रममा २० भारतीय सेनाको मृत्यु भएको थियो। हालसम्म उक्त सीमा विवाद समाधान हुन सकेको छैन।

यस्तै चीनले आफ्नो क्षेत्र भएको दाबी गर्ने ताइवानसँग उसको विवाद दिनदिनै बढ्दै गएको छ। चीनले ताइवानलाई आक्रमण गरेरै कब्जा गर्ने चेतावनी दिइरहँदा ताइवानले आफू स्वतन्त्र मुलुक भएको बताउँदै आएको छ।

पछिल्लो समय ताइवानले चिनियाँ खतरासँग जुध्ने भन्दै अमेरिकाबाट हतियारहरु खरिद गर्न थालेको छ। अमेरिकी सैन्य जहाजहरु चीन र ताइवानको समुद्री सीमासम्मै पुग्ने गरेको छ। यसबीचमा चिनियाँ युद्धक विमानहरु दोहोरिँदै ताइवानको हवाई क्षेत्रमा घुस्ने गरेको छ।

Ad

सम्बन्धित समाचारहरु

जो वाइडेनको मन्त्रिपरिषद्मा १२ महिला

जो वाइडेनको मन्त्रिपरिषद्मा १२ महिला

काठमाडौं । अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित जो वाइडेनले निर्वतमान राष्ट्रपतिको निर्णय उल्टाउदै काम शुरु गरेका छन् । कार्यकालको पहिलो दिन राष्ट्रपति बाइडनले कैयन् कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रष्ट पार्ने प्रयास गरेका छन् । कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशमध्ये कतिपयले ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएका छन् । ‘हामीले सामना गरिरहेको संकटसँग जुझ्ने क्रममा खेर फाल्ने समय हामीसँग छैन’, शपथ ग्रहणपश्चात् ह्वाइट हाउस प्रवेश गर्नुअगाडि राष्ट्रपति जो बाइडनले ट्वीट गरेका थिए ।

‘कोभिड संकट’, ‘आर्थिक संकट’ र जलवायु संकट’ वाईडेनका मुख्य प्राथमिकता

काठमाडौँ। अमेरिकी राष्ट्रपति पद सम्हाल्ने बित्तिकै जो बाइडेनले थुप्रै ठूला निर्णयमाथि हस्ताक्षर गरे ।

Ad

प्रतिक्रिया दिनुहोस