# भर्खरै
Namaste Icon
Ad

सिनर्जी पावरल कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित

सिनर्जी पावरल कुल ५ प्रतिशत लाभांश  वितरणको प्रस्ताव पारित

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले एक साथ ३ वटा आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेको छ । कम्पनीआज पुस २२ गते बुधबार भर्चुअल माध्यमबाट आर्थिक वर्ष ७४/७५. ७५/७६ र ७६/७७ को सभा सम्पन्न गरेको हो । सभाले लाभांश सहितका विभिन्न प्रस्तावहरु सर्वसम्मतले पारित गरेको छ । कम्पनीले २०७७ असारसम्मको खुद मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगदगरि कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव सभाले सर्वसम्मतले पारित गरेको छ । कम्पनीले आईपिओ निष्काशन गरेपछि पहिलो पटक लाभांश प्रस्ताव गरेको हो ।

त्यस्तै सभाले उल्लेखित आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, संशोधित नियमावली र प्रबन्धपत्रमा कुनै फेरबदल गर्नु परे संचालक समितिलाई आख्तियारी दिने लगायतका प्रस्तावपारित गरेको छ ।

त्यस्तै कम्पनीको साधारणसभाले नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले सोलुखुम्बुको होंगु खोलामा रहेको २२ मेगावाटको ’मध्यहोंगु खोला ए’ जलबिद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको थियो । सोहि प्रस्ताव साधारण सभाले पारित गरेको हो ।  यस आयोजनामा कम्पनीले स्वपुँजीको ४० प्रतिशत शेयर लगानी गर्ने उल्लेख गरिएको छ । यस आयोजनाले विद्युत उत्पादनको सर्वेक्षण अनुमति प्राप्तगरि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्रि सम्झौता गरिसकेको जनाईएको छ ।

सभामा कम्पनीका अध्यक्ष इन्द्र बहादुर थापाले आगामी वर्षहरुमा लाभांश दर बढाउदै लैजाने प्रतिबद्दता व्यक्त गरे । उनले शेयरधनीहरु लाई प्रदान गरिने लाभांश दरले निरन्तरता पाओस् भन्ने उदेश्य र शेयरधनीको माग बमोजिम नै ब्यबसाय बढाउनको लागि नयाँ आयोजनामा लगानी गर्ने निर्णय गरिएको बताए । कम्पनीले हाल दोलखामा १० मेगावाटको सिप्रिन खोला आयोजना संचालन गरिरहेको छ ।

Ad

सम्बन्धित समाचारहरु

अब पठाओका ग्राहक र राईडरलाई ५ लाखको बीमा

अब पठाओका ग्राहक र राईडरलाई ५ लाखको बीमा

काठमाडौं । पठाओ नेपाल प्रालि राईड शेयरिंग तथा फुड डेलिभरी एपले ग्राहकहरु र राईडर/चालक साथीहरुलाई बीमा सुविधा प्रदान गर्न एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग साझेदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त साझेदारी अन्तर्गत राईडको दौरान कुनै पनि ग्राहक तथा राईडर/चालक साथीहरुको दुर्घटनाका कारणले हुने मृत्यु, अपाङ्गता जस्तो अवस्थामा बढीमा रु ५ लाख सम्मको बीमा रकम प्राप्त गर्नेछन् ।

एनआईसी एशिया क्यापिटलमा अनलाइनमार्फत निःशुल्क डिम्याट खाता खोल्न सकिने

काठमाडौं । एनआईसी एशिया क्यापिटलमा अनलाइनमार्फत निःशुल्क डिम्याट खाता खोल्न सकिने भएको छ । क्यापिटलले डिम्याट खाता प्राप्त गर्न लामो समय लाग्ने जनगुनासो सम्बोधन गर्दै एक घण्टामै घाटा बनिसक्ने व्यवस्था गरेको हो । पछिल्लो समयमा डिम्याट खाता खोल्ने सर्वसाधारणको संख्या बढ्दो क्रममा छ ।

Ad

प्रतिक्रिया दिनुहोस