# भर्खरै
Namaste Icon
Ad

भारतमा बर्ड फ्लु देखिएपछि नाकामा सतर्कता

भारतमा बर्ड फ्लु देखिएपछि नाकामा सतर्कता

काठमाडौं । भारतमा बर्ड फ्लू संक्रमण बढेपछि नेपालमा उच्च सर्तकता अपनाइएको छ । चार वटा प्रदेशमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि सरकारले नेपाल–भारत सीमा क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरेको हो । भारतबाट नेपाल भित्रिने पशुपन्छी तथा पशुपन्छीजन्य वस्तुको कारोबारमा उच्च निगरानी राख्न माताहतका क्वरेन्टाइन कार्यालयहरुलाई निर्देशन दिइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । पशुपन्छीको आयातमा स्यानिटरी सर्टिफिकेट अनिवार्य गर्न र पशुपन्छीको खुल्ला व्यापारमा कडाई गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले बताए ।


‘दक्षिणतर्फका सबै नाकामा उच्च सर्तकता अपनाउन, आवश्यक परे प्राविधिक तथा अन्य स्रोत साधन र जनशक्ति माग गर्न विशेष निर्देशन भएको छ,’ प्रवक्ता घिमिरेले भने । काँकडभिट्टा, वीरगन्ज, भैरहवा, कृष्णनगर, नेपालगन्ज, कैलाली तथा गडडचौकी नाकामा विशेष ध्यान दिन आग्रह गरिएको पनि उनले बताए । मन्त्रलय माताहत देशभर १६ वटा पशु क्वारेन्टाइन कार्यालयहरु छन् । देशभर कतै ठूलो परिमाणमा कुखुरा मरे वा शंकास्पद लक्षण देखिए तुरुन्त मन्त्रालय वा नजिकैको कार्यालयमा सम्पर्क गर्न पनि मन्त्रालयले कृषकलाई आग्रह गरेको छ ।


हालसम्म मुलुकको कुनै पनि स्थानमा बर्ड फ्लू संक्रमणको जानकारी नआएको पनि मन्त्रालयले जनाएको छ । भारतको मध्य प्रदेश, केरला, राजस्थान र हिमाञ्चल प्रदेशमा बर्ड फ्लू पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । हिमाचल प्रदेशमा साइबेरिया र मङ्गोलियाबाट बसाइसराई गरिआएका दुई हजार चारसय खोया हाँसहरू मरेको बीबीसी हिन्दीले जनाएको छ । केरलामा १२ हजार हाँसहरू मरेको र मध्य प्रदेशमा १० दिनमा सयौँ कागहरु मृत अवस्थामा भेटिएको र बकुल्ला र सुगाहरू समेत मरेको पाइएको बीबीसीले उल्लेख गरेको छ ।

Ad

सम्बन्धित समाचारहरु

‘जुनार फल्छ तर बिक्री हुदैन’

‘जुनार फल्छ तर बिक्री हुदैन’

ममता भट्ट, डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिका –५ शिराडका राजबहादुर भट्ट जुनार बिक्री नभएको भन्दै चिन्तामा छन्। बिगत १२ बर्षदेखी जुनार खेती गर्दै आएका भट्ट यो बर्ष भने जुनार बिक्री नहुँदा चिन्तीत छन्। ‘बिगतका बर्षमा घरमै आएर थुप्रै जुनार बिक्री हुन्थ्यो तर यो बर्ष भने भएका जुनार बारीमै कुहिएर खेर गएका छन, उनले भने ।’ बारीमा डेढ देखी दुई सय सम्म जुनारका बोट लगाएका उनी अहिले भने कसरी बिक्री गरु भन्नेमा छन् । सात जनाको परिवार सोहि खेती बाटै चल्ने गरेको भए पनि अहिले बिक्री गर्ने कार्य ठप्प हुँदा घरखर्च चलाउन मुस्किल हुन थालेको उनी बताउँछन्।

‘किसानहरुको वर्गीकरण गरी कृषि कार्यक्रमलाई व्यवस्थित गर्छौं’

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानहरुको वर्गीकरण गरेर कृषि कार्यक्रमलाई वितरण गरिने बताएकी छन । अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलाहरुसँग आयोजीत कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन । पहिलो चरणमा किसानहरुको वर्गीकरण गरी किसान परिचयपत्र वितरण गरिने मन्त्री अर्यालको भनाई थियो । मन्त्री अर्यालले भनिन, ‘किसानहरुको वर्गीकरण गरी परिचयपत्र वितरणको काम सम्पन्न गर्छौ । वर्गीकरणका आधारमा कृषि कार्यक्रमलाई व्यवस्थित ढंगले अगाडी बढाउछौ । आगामी फागुनदेखी यो कार्यक्रम द्रुतरुपले अगाडी बढ्छ ।’

Ad

प्रतिक्रिया दिनुहोस