# भर्खरै
Namaste Icon
Ad

मेस्सीको दोहोरो गोलमा बार्सिलोनाको जित

मेस्सीको दोहोरो गोलमा बार्सिलोनाको जित

काठमाडौं । कप्तान लियोनेल मेस्सीको दोहोरो गोलसँगै एथ्लेटिक क्लबविरुद्ध जित निकालेको बार्सिलोनाले ला लिगको शीर्ष तीनमा स्थान बनाएको छ। एथ्लेटिक क्लबको मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टिमविरुद्ध ३–२ गोलको संघर्षपूर्ण जित निकाल्दै शीर्ष तीनमा परेको हो। जितसँगै बार्सिलोनाले अंकतालिका सुधार गरेको छ।

उसले १७ खेलबाट ३१ अंक जितेको छ। यता समान १७ खेल खेलेको रियल मिड्रिडको ३६ अंक छ। तेस्रो स्थानमा रहेको बार्सिलोना शीर्षस्थानको एथ्लेटिको मड्रिडभन्दा आठ अंकले पछि छ। यद्यपि एथ्लेटिकोले बार्सिलोनाको भन्दा दुई खेल कम खेलेको छ।

गएरातिको जितमा मेस्सीले दुई गोल गर्दा पेड्रले एक गोल गरे। एक गोलले पछि परेको अवस्था, १४ औं मिनेटमा पेड्रीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यस्तै, मेस्सीले खेलको ३८ औं मिनेटमा गोल गरेपछि भने बार्सिलोनाले पहिलो हाफमै अग्रता बनायो। पहिलो हाफमै अग्रता बनाउन सहयो गरेका मेस्सीले दोस्रो हाफको ६२ औं मिनेटमा पनि गोल गरे।

उनले दुवै गोेल फ्रेन्च फरवार्ड एन्टोनी ग्रिजम्यानको पासमा गरेका थिए। यससँगै दुई गोलको अग्रता बनाएको बार्सिलोनाविरुद्ध घरेलु टिमले अन्तिम मिनेटमा गोल गर्यो । अन्तिम मिनेटको गोलसँगै खेलमा बार्सिलोनाले ३–२ गोलको जित निकालेको हो।

Ad

सम्बन्धित समाचारहरु

महिला लिग आजबाट : आर्मी र पुलिस भिड्ने

महिला लिग आजबाट : आर्मी र पुलिस भिड्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजबाट राष्ट्रिय महिला लिग सुरु हुँदैछ । महिला लिगको उद्घाटन खेल दशरथ रंगशालामा दिउँसो २ बजे हुनेछ । एन्फाले निकालेको पहिलो चरणको खेल तालिका अनुसार उद्घाटन खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन ।

प्रधानमन्त्री कप आजदेखि

प्रधानमन्त्री कप आजदेखि

काठमाडौं । आज माघ २ गते शुक्रवारदेखि चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता प्रारम्भ हुँदैछ । उक्त खेल कीर्तिपुरको क्रिकेट मैदानमा खेलिँदैछ । यो प्रतियोगिता अन्तर्गतका खेलहरु मुलपानीस्थित खेल मैदानमा पनि खेलाइने छ । यो प्रतियोगिता माघ १७ सम्म चल्ने छ ।

Ad

प्रतिक्रिया दिनुहोस