ओपो ए१२ ३जीबीकाे मूल्य घट्याे, अब कति ?

काठमाडाैं । प्राविधिक ब्राण्ड ओपोले केही समय अगाडी मात्र सार्वजनिक गरेको ह्याण्डसेट ओपो ए१२ ३जीबीलाई नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको छ । पहिले रु. १८ हजार ५ सय ९० मूल्य रहेको उक्त फोनमा रु १ हजार कटौतीका साथमा अब कम्पनीले रु. १७ हजार ५ सय ९०मा उपलब्ध गराएको हो । नेपाली बजारमा उक्त फोन कालो र नीलो गरी दुई रङमा उपलब्ध छ । सन् २०२०को अगास्ट महिनामा सार्वजनिक उक्त फोनको चौडाइ ८.३एमएम र वजन जम्मा १ सय ६५ ग्राम रहेको छ ।
यसमा ७२०×१५२० पिक्सेल्स सहितको ६.२२ ईञ्चको डिस्प्ले उपलब्ध छ । फोनको पिक्सेल डेन्सिटी २ सय ७० पीपीआई रहेको छ । आईपीएस प्यानल सहितको यो फोनको एस्पेक्ट रेशियो १९ः९ रहेको छ । फोनको स्क्रिन टू बडी रेशियो ८९% छ । फोनको डिस्प्लेमा क्याप्टिभेटिभ, मल्टि-टच, ईन-सेल, २.५डी कभ्र्ड ग्लास स्क्रिन, कोर्निङ गोरिल्ला ग्लास थ्री रहेकाे छ ।
ओपो ए१२ ३जीबीमा रहेका क्यामेराको कुरा गर्दा यसमा डुअल रियर क्यामेरा सेटअप उपलब्ध गरिएको छ । यसमा १३एमपी क्षमताको प्राइमरी क्यामेरा र सेकेण्डरी क्यामेराका रुपमा २.०एमपी क्षमताको क्यामेरा जडान गरिएको छ । यी क्यामेरामा टच-टू-फोकस, फेज डिटेक्शन एएफ अटोफोकस प्रविधिपनि उपलब्ध गरिएका छन् । फोनमा रहेको रियर क्यामेरामा डुअल एलईडी फ्ल्याशको पनि प्रयोग गरिएको छ । त्यसैगरी, सेल्फीका लागि फोनमा ५एमपी क्षमताको फ्रण्ट क्यामेरा जडान गरिएको कम्पनीले जनाएकाे छ ।
यसैगरी ओपो ए१२, २.३ जीएचजेडमा क्ल्क्ड गरिएको ८ कोर्सको मिडियाटेक हेलियो पी३५ (एमटी६७६५भी/सीबी) चिपसेटबाट सञ्चारित छ । फोनमा ३जीबी र्याम र ३२ जीबी आन्तरिक सञ्चय क्षमता उपलब्ध छ । प्रयोकर्ताले अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा यसमा एक्स्पान्डेबल एक्स्टरनल स्टोरेजको पनि प्रयोग गर्न सक्छन् ।
काठमाडौं । लोकप्रिय र चर्चित मोबाइल फोन ब्राण्ड कुलप्याडले नेपाली बजारमा आफ्नो उपस्थिती ससक्त बनाउँदै गएको छ । चिनियाँ ब्राण्डले नेपाली बजारमा हालै २ नयाँ मोडलहरु सार्वजनिक गरेको छ । नेपालको लागि कुलप्याड मोबाइलको आधिकारीक आयातकर्ता तथा बितरक कम्पनी एसडी इन्टरनेशनल प्रालिले शुक्रबार एक कार्यक्रमका बिच कूल १० र कूल एस नामक दुई मोडलका स्मार्टफोनहरु बजारमा सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको दुबै मोडलहरु युवा ग्राहकहरुका लागि लक्षित गरेर ल्याईएको छ । कम्पनीका जनरल म्यानेरज कर्पोरेट हेड उपेन्द्र साहले नेपाली बजारमा छोटो समयमा नै कुलप्याडका फोनहरुले बजार लिन सफल भएको र ग्राहकहरुले निकै रुचाएको बताए ।
एजेन्सि । अस्ट्रेलियामा आफ्नो ‘सर्च इन्जिन’ बन्द गरिदिने गुगलले चेतावनी दिएको छ। गुुगल सर्चमा अथवा गुगलका कुनैपनि माध्यममा अस्ट्रेलियाली संचारमाध्यमका समाचार सामग्री उदृत गरिएमा अथवा छापिएमा गुगलले त्यहाँका संचारमाध्यमलाई भुक्तानी गर्नुपर्ने व्यवस्था अस्ट्रेलियाको नयाँ विधेयकमा व्यवस्था गरिएको छ।