अन्तर–बैंक एटीएम प्रयोग गर्दा बढिमा २० रुपैयाँ शुल्क लाग्ने

काठमाडौं । माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ। राष्ट्र बैंकले बिहीबार भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको हो। गत चैत दोस्रो सातादेखि कोरोनाको असरका कारण अन्तर एटिएम कारोबार बैंकहरुले नै निशुल्क गरेका थिए।
अन्तर–बैंक एटीएम प्रयोग गर्दा महिनामा दुई पटक निःशुल्क पैसा निकाल्न पाइने तर दुई पटक भन्दा धेरै पैसा निकाल्दा हरेक पटक बढीमा २० रुपैयाँ शुल्क काट्न पाइने राष्ट्र बैंकले जनाएको छ । आज निर्देशन जारी गर्दै शुल्कको अधिकतम सीमा प्रतिकारोबार २० रुपैयाँ समेत राष्ट्र बैंकले तोकिदिएको हो। यसअघि अधिकतम शुल्क तोकिएको थिएन।
काठमाडौं । पठाओ नेपाल प्रालि राईड शेयरिंग तथा फुड डेलिभरी एपले ग्राहकहरु र राईडर/चालक साथीहरुलाई बीमा सुविधा प्रदान गर्न एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग साझेदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त साझेदारी अन्तर्गत राईडको दौरान कुनै पनि ग्राहक तथा राईडर/चालक साथीहरुको दुर्घटनाका कारणले हुने मृत्यु, अपाङ्गता जस्तो अवस्थामा बढीमा रु ५ लाख सम्मको बीमा रकम प्राप्त गर्नेछन् ।
काठमाडौं । एनआईसी एशिया क्यापिटलमा अनलाइनमार्फत निःशुल्क डिम्याट खाता खोल्न सकिने भएको छ । क्यापिटलले डिम्याट खाता प्राप्त गर्न लामो समय लाग्ने जनगुनासो सम्बोधन गर्दै एक घण्टामै घाटा बनिसक्ने व्यवस्था गरेको हो । पछिल्लो समयमा डिम्याट खाता खोल्ने सर्वसाधारणको संख्या बढ्दो क्रममा छ ।