# भर्खरै
Namaste Icon
Ad

भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्सेमा पार्वतीले जितिन् स्वर्ण

भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्सेमा पार्वतीले जितिन् स्वर्ण

काठमाडौं । नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् तेक्वान्दोकी स्वर्णपदक विजेता पार्वती गुरुङले प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगितामा स्वर्ण जितेकी छिन् । महिला १८–३० वर्षमा नेपाल प्रहरीकी पार्वतीले ७.५० अंक जोडिन् । सैलुङ तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगिताको महिला १५ वर्षमा सुपरस्टार तेक्वान्दो डोजाङकी माया मल्ल ६.६६ अंकसाथ पहिलो भइन् । सोही स्पर्धाको पुरुषमा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का आयुश ढुंगेल पहिलो भए । उनले ६.३६ अंक प्राप्त गरे ।

सैलुङ गाउँपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको पुरुष १० वर्षमा एनटीएका प्रशान्त धमलाले स्वर्ण जिते । उनले ५.५३ अंक जोडे । पुरुष १२ वर्षमा एनटीएका भिजन तामाङ ५.८० अंक जोड्दै शीर्ष स्थानमा रहे । महिला ३१–४० वर्ष स्पर्धामा ६.३० अंक जोडेकी तृप्ति बुढाथोकी पहिलो भइन् । प्रतियोगिताको सैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । २०० खेलाडी सहभागी दुईदिने प्रतियोगितामा विभिन्न १४ स्पर्धा समावेश छन् ।

Ad

सम्बन्धित समाचारहरु

महिला लिग आजबाट : आर्मी र पुलिस भिड्ने

महिला लिग आजबाट : आर्मी र पुलिस भिड्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजबाट राष्ट्रिय महिला लिग सुरु हुँदैछ । महिला लिगको उद्घाटन खेल दशरथ रंगशालामा दिउँसो २ बजे हुनेछ । एन्फाले निकालेको पहिलो चरणको खेल तालिका अनुसार उद्घाटन खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन ।

प्रधानमन्त्री कप आजदेखि

प्रधानमन्त्री कप आजदेखि

काठमाडौं । आज माघ २ गते शुक्रवारदेखि चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता प्रारम्भ हुँदैछ । उक्त खेल कीर्तिपुरको क्रिकेट मैदानमा खेलिँदैछ । यो प्रतियोगिता अन्तर्गतका खेलहरु मुलपानीस्थित खेल मैदानमा पनि खेलाइने छ । यो प्रतियोगिता माघ १७ सम्म चल्ने छ ।

Ad

प्रतिक्रिया दिनुहोस