भिन्डी खादा हुन्छन यस्ता फाइदा

काठमाडौं । चिप्ले भिन्डीका नामले समेत चिनिने फाइवर र लेसा युक्त तरकारी नेपालीको भान्सामा धेरै पाक्ने सव्जी भित्र पर्छ । यसले पाचन प्रकृयालाई बलियो बनाउँछ । भिन्डीमा भिटामिन–के र फोलेट्स पाइन्छन, जसले रगत जम्नबाट जोगाउँछ । भिन्डीले मात्र होइन यसको फूल र पातले समेत फाइदा पुर्याउँछ । श्वासप्रश्वाससम्बन्धी रोग निको पार्न यसको प्रयोग गरिन्छ । भिन्डीको फूल र पातलाई ब्रोङ्काइटिस र निमोनियाको उपचार गर्ने गरी प्रयोग गर्न सकिन्छ ।
गर्भवती महिलाले भिन्डी खाँदा निकै फाइदा पुग्छ । किनकी यसले भ्रुणको दिमागको विकास राम्रो हुन्छ । साथै, भिन्डी खाँदा गर्भ तुहिने जोखिम पनि घट्छ । क्यान्सरको जोखिम हटाउन पनि भिन्डी खानु फाइदाजनक हुन्छ । भिन्डी खाइरहने गर्दा आन्द्रा, कोलोन–रेक्टल क्यान्सर लाग्ने सम्भावना कम हुन्छ । भिन्डी खानाले शरीरमा सुगरको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । मधुमेहका रोगीलाई यो लाभदायक हुन्छ ।
भिन्डीमा सोल्युबल फाइबर पेक्टिन पाइन्छ, जसले शरीरमा खराब खालका कोलेस्टेरोलको मात्रालाई कम गरिदिन्छ । भिन्डीमा क्यालोरी कम पाइन्छ, जसले गर्दा यो मोटा मानिसका लागि यसको प्रयोग फाइदाजनक हुन्छ । छालालाई स्वस्थ्य राख्न भिन्डीमा पाइने भिटामिन–सीलगायतको महत्वपूर्ण भूमिका हुन्छ । यसले छालामा जम्मा भएका विकारलााई पखाली छालालाई स्वस्थ राख्छसहयोग गर्छ ।आखाको ज्यातिका लागि भिन्डीको प्रयोग राम्रो हुन्छ ।
भिन्डीमा पाइने आइरन, भिटामिन–के आदि तत्वले रक्तअल्पता हुनबाट जोगाउँछ । रगतमा हेमोग्लोबिनको मात्रा कम छ र रेड ब्लड सेल आवश्यक मात्रामा छैन भने भिन्डी खाइरहने गर्नुपर्छ । अल्सरको असरलाई कम गर्न भिन्डीले मदत गर्छ । किनकी भिन्डीमा क्षार तत्व रहेको हुन्छ । भिन्डीमा पाइने भिटामिन–सीलगायत तत्वले दमको असर कम गर्न मद्दत गर्छ ।
ममता भट्ट, डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिका –५ शिराडका राजबहादुर भट्ट जुनार बिक्री नभएको भन्दै चिन्तामा छन्। बिगत १२ बर्षदेखी जुनार खेती गर्दै आएका भट्ट यो बर्ष भने जुनार बिक्री नहुँदा चिन्तीत छन्। ‘बिगतका बर्षमा घरमै आएर थुप्रै जुनार बिक्री हुन्थ्यो तर यो बर्ष भने भएका जुनार बारीमै कुहिएर खेर गएका छन, उनले भने ।’ बारीमा डेढ देखी दुई सय सम्म जुनारका बोट लगाएका उनी अहिले भने कसरी बिक्री गरु भन्नेमा छन् । सात जनाको परिवार सोहि खेती बाटै चल्ने गरेको भए पनि अहिले बिक्री गर्ने कार्य ठप्प हुँदा घरखर्च चलाउन मुस्किल हुन थालेको उनी बताउँछन्।
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानहरुको वर्गीकरण गरेर कृषि कार्यक्रमलाई वितरण गरिने बताएकी छन । अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलाहरुसँग आयोजीत कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन । पहिलो चरणमा किसानहरुको वर्गीकरण गरी किसान परिचयपत्र वितरण गरिने मन्त्री अर्यालको भनाई थियो । मन्त्री अर्यालले भनिन, ‘किसानहरुको वर्गीकरण गरी परिचयपत्र वितरणको काम सम्पन्न गर्छौ । वर्गीकरणका आधारमा कृषि कार्यक्रमलाई व्यवस्थित ढंगले अगाडी बढाउछौ । आगामी फागुनदेखी यो कार्यक्रम द्रुतरुपले अगाडी बढ्छ ।’