# भर्खरै
Namaste Icon
Ad

लिभरपुल एफए कपको चौथो चरणमा

लिभरपुल एफए कपको चौथो चरणमा

लन्डन । दोस्रो हाफको पाँच मिनेटमा तीन गोल गरेपछि लिभरपुल शुक्रबार एस्टन भिल्लालाई ४–१ ले हराउँदै एफएकपको चौथो चरणमा स्थान बनाएको छ । कोभिड–१९ ले आफ्ना प्रमुख खेलाडी स‌ंक्रमित भएपछि भिल्लाले एकेडेमीका उत्पादनले भरिएको टिम उतारेको थियो । लिभरपुलले ६०औं, ६३औं र ६५‍औं मिनेटमा गोल गरेको थियो । त्यस्तै पहिलो हाफको सुरुमै लिभरपुलका लागि साडियो मानेले गोल गरेका थिए ।

लिभरपुलका लागि साडियो मानेले दुई गोल गरे । यस्तै जर्जिनियो विजनाल्डम र मोहम्मद सलाहले गोल गरे । भिल्लाका तर्फबाट १७ वर्षीय स्ट्राइकर लुइ बेरीले एक गोल फर्काए । भिल्लाका लागि उनको यो पहिलो सिनियर गोल हो ।

भिल्लाले अक्टोबरको इंग्लिस प्रिमियर लिगमा भएको खेलमा लिभरपुललाई अविश्वसनीय रूपमा ७–२ ले हराएको थियो । तर यसपल्ट भिल्लाले आफ्नो पहिलो टिम पनि उतार्न सकेन् । उसका पहिलो रोजाइका नौ खेलाडी र पाँच कर्मचारी कोडिभ–१९ ले संक्रमित छन् । शुक्रबारको अर्को खेलमा उल्भ्सले क्रिस्टल प्यालेसलाई १–० ले हरायो र चौथो चरणको यात्रा तय गर्न सक्यो । खेलको निर्णायक गोल एडम ट्राओरले गरे । – रोयटर्स

Ad

सम्बन्धित समाचारहरु

महिला लिग आजबाट : आर्मी र पुलिस भिड्ने

महिला लिग आजबाट : आर्मी र पुलिस भिड्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजबाट राष्ट्रिय महिला लिग सुरु हुँदैछ । महिला लिगको उद्घाटन खेल दशरथ रंगशालामा दिउँसो २ बजे हुनेछ । एन्फाले निकालेको पहिलो चरणको खेल तालिका अनुसार उद्घाटन खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन ।

प्रधानमन्त्री कप आजदेखि

प्रधानमन्त्री कप आजदेखि

काठमाडौं । आज माघ २ गते शुक्रवारदेखि चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता प्रारम्भ हुँदैछ । उक्त खेल कीर्तिपुरको क्रिकेट मैदानमा खेलिँदैछ । यो प्रतियोगिता अन्तर्गतका खेलहरु मुलपानीस्थित खेल मैदानमा पनि खेलाइने छ । यो प्रतियोगिता माघ १७ सम्म चल्ने छ ।

Ad

प्रतिक्रिया दिनुहोस