# भर्खरै
Namaste Icon
Ad

कुलेन्द्र, बसन्त, र प्रलादले ल्याए ‘आफ्नै नाम मन पर्यो’ (भिडियो)

कुलेन्द्र, बसन्त, र प्रलादले ल्याए ‘आफ्नै नाम मन पर्यो’ (भिडियो)

चन्द्र कुमार बिश्वकर्मा, काठमाडौं । नेपाली लोक दोहोरी गीतको क्षेत्रमा निरन्तर रूपमा लागेर एक पछी अर्को सफल गीत दर्शक श्रोता माझ प्रस्तुत गर्दै आएका कलाकार हुन बसन्त थापा, कुलेन्द्र बिश्वकर्मा र प्रलाद सुबेदी । यी तीन कलाकारको नाम नै काफि छ, किनभने कुलेन्द्र, बसन्त र प्रलादले सुरुवाति दिन हरुमा नै निकै सफल गीत हरु दिएका थिए । त्यतिखेरका नजाउ है सानु पधेरिमा जस्तो सफल गीत यो तीन जानाको सहकार्य मै बनेको थियो ।

क्यासेटको बेला भए पनि ‘नजाउ है सानु पधेरिमा’ बोलको गीत ले निकै सफलता पाएको थियो । जसले गर्दा कुलेन्द्र बसन्त र प्रलादलाई चर्चाको शिखमा पुराएको थियो जुन आज पनि छ । पछिल्लो समय कुलेन्द्र, बसन्त र प्रलाद सुबेदीले एक साथ काम गरेको हेर्न चाहाने दर्शक श्रोताको चाहाना पनि पुरा भएको छ।

यस अघि पनि कुलेन्द्र र बसन्तले भने सँगै काम गर्दै आएका छन। कुलेन्द्र विश्वकर्मा र बसन्त थापाले बनाएको गीत ‘सालको पात’ ले त एउटा इतिहास नै बनाएको छ । लोक दोहोरि गीत हरुले यति धेरै माया, चर्चा र सफलता निकै कम पाएका छन ।

कुलेन्द्र बसन्त र प्रलादले नयाँ गीत ‘आफनै नाम मन पर्यो’ बजार मा ल्याएका छ्न । जसमा स्वर कुलेन्द्र बिश्वकर्मा र लक्ष्मी आचार्यको रहेको छ, भने शब्द प्रल्हाद सुबेदी र लय बसन्त थापाको रहेको छ । गितको म्युजिक भिडियोमा नायिका निता ढुङ्गाना र महानायक राजेश हमाललाई देख्न सकिन्छ। भिडियो निर्देशन चर्चित कोरियोग्राफर शिब बिकले गरेका छन। गीत बसन्त थापा युटुब च्यानलबाट रिलिज गरिएको छ।

 

Ad

सम्बन्धित समाचारहरु

बुनु श्रेष्ठले ल्याइन ‘लहरोस् चन्द्र सूर्य झण्डा’ (भिडियो)

काठमाडौं । गायिका बुनु श्रेष्ठको स्वर रहेको ‘लहरोस् चन्द्र सूर्य झण्डा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा डाक्टर गोविन्द टन्डनको शब्द तथा राजनराज सिवाकोटीको संगीत रहेको छ भने साहास शाक्यको एरेन्ज रहेको छ।

'लोक गीत संगीत प्रति राज्यले कुनै चासो दिएन'

'लोक गीत संगीत प्रति राज्यले कुनै चासो दिएन'

काठमाडौं । पत्रकार ऋषि धमलाले नेपालमा लोक गीतसंगीतप्रति राज्यले कुनै चासो नदिएको बताएका छन । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको २० औं साधारणसभामा पत्रकार धमलाले यस्तो बताएका हुन । रिपाेटर्स क्लबले नै लोकदोहोरी गीतसङ्गीतबारे बहस गरेको र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले उठाएका एजेन्डाहरु अगाडि ल्याएको पत्रकार धमलाले दाबी गरे । पत्रकार धमलाले नेपालका कलासंस्कृति संरक्षण गर्न जतिबेला पनि आफु तयार रहेको बताए ।

Ad

प्रतिक्रिया दिनुहोस