# भर्खरै
Namaste Icon
Ad

‘काफल गेडी कुटुक्कै’ मा सुशान्त र एलिशा राई (भिडियोसहित)

‘काफल गेडी कुटुक्कै’ मा सुशान्त र एलिशा राई (भिडियोसहित)

काठमाडौं । गायक समिर मोक्तान तथा गायिका ममता गुरुङको ‘काफल गेडी कुटुक्कै’ शीर्षकको गीत सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा सुशान्त खत्री र अभिनेत्री तथा नृत्यांगना एलिशा राईले साथ दिएकी छिन् । गीतकार डिपी खनालको शब्द तथा शंकर थापा स्माईलको संगीत निर्देशनको उक्त गीतलामा उदय राज पौडेलको संगीत संयोजन रहेको छ । भिडियोमा सुशान्त र एलिशाले आकर्षक नृत्य गरेका छन् ।

भिडियोमा कोरियोग्राफीको जिम्मा सुशान्तले नै लिएका छन् । भिडियोलाई राजिव समरले निर्देशन गरेका हुन् भने सुप्रिम पराजुली यसका सम्पादक हुन् । अर्जुन तिवारीको छायाँकन रहेको यो भिडियो डश म्युजिक नेपालको यूट्युब च्यानलमा हेर्न सकिन्छ । सुशान्त खत्री र एलिशा राईको नै अभिनय रहेको गायक समिर मोक्तानको यसअघिको गीत निरमाया‘ले दर्शकको मन जितेको थियो ।

 

Ad

सम्बन्धित समाचारहरु

बुनु श्रेष्ठले ल्याइन ‘लहरोस् चन्द्र सूर्य झण्डा’ (भिडियो)

काठमाडौं । गायिका बुनु श्रेष्ठको स्वर रहेको ‘लहरोस् चन्द्र सूर्य झण्डा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा डाक्टर गोविन्द टन्डनको शब्द तथा राजनराज सिवाकोटीको संगीत रहेको छ भने साहास शाक्यको एरेन्ज रहेको छ।

'लोक गीत संगीत प्रति राज्यले कुनै चासो दिएन'

'लोक गीत संगीत प्रति राज्यले कुनै चासो दिएन'

काठमाडौं । पत्रकार ऋषि धमलाले नेपालमा लोक गीतसंगीतप्रति राज्यले कुनै चासो नदिएको बताएका छन । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको २० औं साधारणसभामा पत्रकार धमलाले यस्तो बताएका हुन । रिपाेटर्स क्लबले नै लोकदोहोरी गीतसङ्गीतबारे बहस गरेको र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले उठाएका एजेन्डाहरु अगाडि ल्याएको पत्रकार धमलाले दाबी गरे । पत्रकार धमलाले नेपालका कलासंस्कृति संरक्षण गर्न जतिबेला पनि आफु तयार रहेको बताए ।

Ad

प्रतिक्रिया दिनुहोस