# भर्खरै
Namaste Icon
Ad

स्थानीय तहमा पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न अर्थमन्त्री पौडेलको आग्रह

स्थानीय तहमा पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष प्राथमिकता दिएर स्थानीय तहहरुमा पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गरेका छन । अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जु र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठलाई स्थानीय तहहरुमा पूँजीगत खर्च बढाउने गरी भूमिका निर्वाह अनुरोध गरेका हुन ।

स्थानीय तहहरुमा पुगेको रकम मध्ये १ सय २६ अर्ब रुपैयाँ खर्च हुन सकेको छैन । अर्थमन्त्री पौडेलले खर्च हुन बाँकी रहेको रकम खर्चेर गाउँपालिका र नगरपालिकाहरुमा विकासको थप लहर सिर्जना गर्न आग्रह गरे । यसैबीच अर्थमन्त्री पौडेलले कोभिड–१९ बाट अतिप्रभावित जोखिममा रहेका परिवारलाई सहयोग गर्न पनि अनुरोध गरे ।

यसैगरी प्रधानमन्त्री रोगजार कार्यक्रमलाई प्रभावकारी र उत्पादनमुलक बनाउने वातावरण सिर्जना गर्न पनि आग्रह गरे । उता, अर्थमन्त्री पौडेल, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा। शिवमाया तुम्बाहाम्फे, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जु सहितको बैठकमा भूमि सम्बन्धी समस्या समाधान आयोगको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउने विषयमा छलफल भयो ।

आयोगले भूमि समस्या समाधानका लागि ४७ जिल्लाका १९३ वटा पालिकासँग सम्झौता गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा तुम्बाहाम्फेले बाँकी रहेका पालिकाहरुमा सम्झौता गर्ने र काम सुरु गर्ने पनि जानकारी गराइन ।

अर्थमन्त्री पौडेलले केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय गरी भूमि सम्बधी समस्यालाई स्थायी रुपमा समाधान गर्ने बताए ।भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा तुम्बाहाम्फेले काम स्थानीय तहमै हुने भएकाले स्थानीय तहको विशेष सकृयता जरुरी रहेको बताइन । नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जुले समयतालिका बनाएर काम गर्दा बढी प्रभावकारी हुने धारणा व्यक्त गरे ।

गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले स्थानीय तहमा नै फोकलपर्सन राखेर काम गर्न जरुरी रहेको बताउनु भएको थियो ।

 

 

 



Ad

सम्बन्धित समाचारहरु

अब पठाओका ग्राहक र राईडरलाई ५ लाखको बीमा

अब पठाओका ग्राहक र राईडरलाई ५ लाखको बीमा

काठमाडौं । पठाओ नेपाल प्रालि राईड शेयरिंग तथा फुड डेलिभरी एपले ग्राहकहरु र राईडर/चालक साथीहरुलाई बीमा सुविधा प्रदान गर्न एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग साझेदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त साझेदारी अन्तर्गत राईडको दौरान कुनै पनि ग्राहक तथा राईडर/चालक साथीहरुको दुर्घटनाका कारणले हुने मृत्यु, अपाङ्गता जस्तो अवस्थामा बढीमा रु ५ लाख सम्मको बीमा रकम प्राप्त गर्नेछन् ।

एनआईसी एशिया क्यापिटलमा अनलाइनमार्फत निःशुल्क डिम्याट खाता खोल्न सकिने

काठमाडौं । एनआईसी एशिया क्यापिटलमा अनलाइनमार्फत निःशुल्क डिम्याट खाता खोल्न सकिने भएको छ । क्यापिटलले डिम्याट खाता प्राप्त गर्न लामो समय लाग्ने जनगुनासो सम्बोधन गर्दै एक घण्टामै घाटा बनिसक्ने व्यवस्था गरेको हो । पछिल्लो समयमा डिम्याट खाता खोल्ने सर्वसाधारणको संख्या बढ्दो क्रममा छ ।

Ad

प्रतिक्रिया दिनुहोस