# भर्खरै
Namaste Icon
Ad

साम्राज्ञीको ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु

साम्राज्ञीको ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहने फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु भएको छ । फिल्मको छायाँकन सोबारबाट काठमाडौँको डिल्लीबजारदेखि शुरू भएको हो । प्रेमकथामा बन्न लागेको फिल्म रमेश एम के पौडेलले निर्देशन गर्दैछन् । पौडेलकै कथा, गीत र निर्माणमा रहेको फिल्मको नाम यस अगाडि ‘रेड वाइन’ राखिएको थियो । अहिले नाम परिवर्तन भएर ‘तिम्रो मेरो साथ’ भएको हो ।

फिल्ममा साम्राज्ञीको अलवा पुष्प खड्का, सरोज खनाल ,सन्दिप क्षेत्री, खबपु, इमिली लामालगायतको अभिनय रहनेछ । फिल्मको विशेष भूमिकामा अभिनेता ध्रुवदत्त प्रस्तुत हुनेछन् । आर्यन फिल्मस् तथा बोधी एचडी अमेरिकाको ब्यानरमा बन्न लागेको यो फिल्मका निर्माता पासाङ लामा र सह निर्मातामा निरु भण्डारी, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।


सविर श्रेष्ठको पटकथा र सम्वाद रहेको फिल्म नेपाल र अमेरिकामा छायाँकन हुने निर्माण युनिटले बताएको छ । योगेश काजीले फिल्मका लागि संगीत दिएका छन् ।

Ad

सम्बन्धित समाचारहरु

बुनु श्रेष्ठले ल्याइन ‘लहरोस् चन्द्र सूर्य झण्डा’ (भिडियो)

काठमाडौं । गायिका बुनु श्रेष्ठको स्वर रहेको ‘लहरोस् चन्द्र सूर्य झण्डा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा डाक्टर गोविन्द टन्डनको शब्द तथा राजनराज सिवाकोटीको संगीत रहेको छ भने साहास शाक्यको एरेन्ज रहेको छ।

'लोक गीत संगीत प्रति राज्यले कुनै चासो दिएन'

'लोक गीत संगीत प्रति राज्यले कुनै चासो दिएन'

काठमाडौं । पत्रकार ऋषि धमलाले नेपालमा लोक गीतसंगीतप्रति राज्यले कुनै चासो नदिएको बताएका छन । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको २० औं साधारणसभामा पत्रकार धमलाले यस्तो बताएका हुन । रिपाेटर्स क्लबले नै लोकदोहोरी गीतसङ्गीतबारे बहस गरेको र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले उठाएका एजेन्डाहरु अगाडि ल्याएको पत्रकार धमलाले दाबी गरे । पत्रकार धमलाले नेपालका कलासंस्कृति संरक्षण गर्न जतिबेला पनि आफु तयार रहेको बताए ।

Ad

प्रतिक्रिया दिनुहोस