गोरखामा इमान्दार नेताको छवि बनाएका नेता यादव बस्नेतद्वारा ओली समूहको केन्द्रिय सदस्य अस्विकार

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गोरखा जिल्ला सदस्य यादव बस्नेतले ओली पक्षको केन्द्रीय सदस्यता अस्विकार गरेका छन् । बस्नेतले आज सदरमुकाममा पत्रकार सम्मेलन गरेर आफ्नो सहमती बिना केन्द्रिय सदस्य चयन गरेको भन्दै केन्द्रीय सदस्यता अस्विकार गरेका हुन् ।
बस्नेतले इतिहासमा अहिलेसम्मको सवै भन्दा बढी बहुमत र दुई तिहाई प्राप्त कम्युनिष्ट सरकारको नेतृत्व गरेको ओली आफलै संसद विघटन गरेर ओलीले गम्भीर असंवैधानिक कदम चालेको भन्दै यस्तो अवस्थामा साथ दिन नसक्ने बताए ।
वर्तमान अवस्थामा बहुमत प्राप्त पार्टीले संविधानले दिदै नदिएको अधिकार प्रयोग गरेको प्रति आफ्नो असहमति रहेको भन्दै ओली समूहको केन्द्रिय सदस्य अस्विकार गरेको स्पस्ट पारे । म बिगतमा पनि संस्थापन पक्ष र बहुमतको पक्षमा रहेको भन्दै जिल्ला सदस्य यादवले नेकपाले लिएको जनताको जनवादको सैद्धान्तिक लक्ष्यबाट दायाँबायाँ नहुने स्पष्ट पारे ।
बस्नेतले पार्टीको विधान विपरित प्रधानमन्त्री ओली थोरै संख्याको केन्द्रिय कमिटी बैठक बसेर ठूलो संख्यामा केन्द्रीय कमिटिको सदस्य मनोनित गर्नु विधि विधान विपरित हो भने । उनले आफु नेकपाको गोरखा जिल्ला कमिटिको कार्यलय सदस्य भएकाले त्यसैमा रहेर पार्टी र जनताको पक्षमा लागि रहने प्रण समेत गरेका छन ।
काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल पक्षले प्रधानन्त्री केपी ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सो सम्बन्धी निर्णय बोकेर नेताहरु बालुवटार पुगेका छन् । नेता सुरेन्द्र पाण्डेले आफुसहित तीन जना नेता बालुवाटार पुगेर ओलीलाई स्पस्टीकरण सोध्ने पत्र बुझाएको जानकारी दिए ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपि शर्मा ओली ओली छलकपट र जालझेली गर्नमा माहिर भएको टिप्पणी गरेका छन । प्रचण्ड–नेपाल समूहको निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पार्टीभित्र देखिएको विवाद पदको लागि नभएको स्पष्टीकरण दिंदै उनले ओलीको कारण समस्या आएको बताए ।