‘सर्वोच्चमा विचाराधीन मुद्दामाथि पूर्वप्रधानन्याधीशले बोल्नु गलत’

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताएका छन् । सर्वोच्च अदालतमा रहेको विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न नहुने भन्दै उनले संसद् पुनःस्थापना हुने-नहुने विषयमा सर्वोच्च अदालतले गरेको निर्णयलाई नै सबैले आत्मसाथ गर्नुपर्ने बताए । उनले भने, 'सर्वोच्चले जे व्याख्या गर्छ, त्यसलाई सबैले स्वीकार गर्नुपर्छ ।'
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा कार्यक्रममा नेता भण्डारीले सर्वोच्चमा विचाराधीन रहेको विषयमा पूर्वप्रधानन्याधीशले बोल्नु पनि गलत भएको टिप्पणी गरे । विधिको शासन र व्यवस्थाप्रति विश्वास गर्नेले नै संसद् विघटनका बारेमा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेका विषयमा बोल्नु गलत भएको उनको भनाइ छ ।
काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल पक्षले प्रधानन्त्री केपी ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सो सम्बन्धी निर्णय बोकेर नेताहरु बालुवटार पुगेका छन् । नेता सुरेन्द्र पाण्डेले आफुसहित तीन जना नेता बालुवाटार पुगेर ओलीलाई स्पस्टीकरण सोध्ने पत्र बुझाएको जानकारी दिए ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपि शर्मा ओली ओली छलकपट र जालझेली गर्नमा माहिर भएको टिप्पणी गरेका छन । प्रचण्ड–नेपाल समूहको निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पार्टीभित्र देखिएको विवाद पदको लागि नभएको स्पष्टीकरण दिंदै उनले ओलीको कारण समस्या आएको बताए ।