# भर्खरै
Namaste Icon
Ad

नेपाल चेम्बर र इजराइल चेम्बरबीच समझदारी

नेपाल चेम्बर र इजराइल चेम्बरबीच समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र फेडरेसन अफ इजराइल चेम्बर अफ कमर्सले दुई देशबीच आर्थिक सम्बन्ध सुदृढ बनाउन समझदारी गरेका छन् । दुवै पक्षका पदाधिकारी तथा इजराइलस्थित नेपाली राजदूत अन्जान शाक्य तथा नेपालस्थित इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरको उपस्थितिमा भर्चुअलमार्फत समझदारी गरिएको हो । नेपाल चेम्बर अफ कमर्सका तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र फेडरेसन अफ इजराइल चेम्बर अफ कमर्सको तर्फबाट उपाध्यक्ष अमिर सानीले हस्ताक्षर गरेका छन् ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले यस समझदारीबाट दुई देशबीच आर्थिक सम्बन्ध सुदृढ हुने बताए । नेपाल र इजराइलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा निजी क्षेत्रका अग्रणी संस्थाबीच भएको समझदारी महत्त्वपूर्ण रहेको उनले बताए ।

नेपाली राजदूत शाक्यले दुई देशका निजी क्षेत्रबीच सम्बन्ध विस्तारका लागि दुवै चेम्बरको सोझै सम्पर्क कायम राख्न समझदारी भएको बताइन् । साथै इजराइलमा नेपाली चियाको बजार क्रमशः विस्तार हुँदै गएकाले नेपाली उत्पादनका लागि इजराइल राम्रो गन्तव्य हुने बताइन् ।

इजराइलका राजदूत वर्गरले नेपाल पर्यटकीय सम्भावना भएको मुलुक भएको उल्लेख गर्दै साहसिक पर्यटनका लागि इजराइली पर्यटकको उपयुक्त गन्तव्य भएको बताए । हालसम्म नेपाल चेम्बरले विभिन्न ७० देशका विभिन्न चेम्बरसँग समझदारी गरिसकेको जनाइएको छ ।

Ad

सम्बन्धित समाचारहरु

अब पठाओका ग्राहक र राईडरलाई ५ लाखको बीमा

अब पठाओका ग्राहक र राईडरलाई ५ लाखको बीमा

काठमाडौं । पठाओ नेपाल प्रालि राईड शेयरिंग तथा फुड डेलिभरी एपले ग्राहकहरु र राईडर/चालक साथीहरुलाई बीमा सुविधा प्रदान गर्न एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग साझेदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त साझेदारी अन्तर्गत राईडको दौरान कुनै पनि ग्राहक तथा राईडर/चालक साथीहरुको दुर्घटनाका कारणले हुने मृत्यु, अपाङ्गता जस्तो अवस्थामा बढीमा रु ५ लाख सम्मको बीमा रकम प्राप्त गर्नेछन् ।

एनआईसी एशिया क्यापिटलमा अनलाइनमार्फत निःशुल्क डिम्याट खाता खोल्न सकिने

काठमाडौं । एनआईसी एशिया क्यापिटलमा अनलाइनमार्फत निःशुल्क डिम्याट खाता खोल्न सकिने भएको छ । क्यापिटलले डिम्याट खाता प्राप्त गर्न लामो समय लाग्ने जनगुनासो सम्बोधन गर्दै एक घण्टामै घाटा बनिसक्ने व्यवस्था गरेको हो । पछिल्लो समयमा डिम्याट खाता खोल्ने सर्वसाधारणको संख्या बढ्दो क्रममा छ ।

Ad

प्रतिक्रिया दिनुहोस