# भर्खरै
Namaste Icon
Ad

ठेक्का सम्झौता गरेर मल नल्याउने दुई कम्पनी कारबाहीमा, कालोसूचीमा राख्न सिफारिस

ठेक्का सम्झौता गरेर मल नल्याउने दुई कम्पनी  कारबाहीमा, कालोसूचीमा राख्न सिफारिस

काठमाडौं । किसानलाई मुख्यबालीका बेला मल नल्याई अलपत्र पारेका दुई कम्पनी कारबाहीमा परेका छन् । ठेक्का सम्झौता गरेर मल नल्याउने चर्चित विवादस्पद शैलुङ इन्टरप्राइजेज र मुक्तीनाथ कृषि कम्पनीसँग कृषि सामग्री कम्पनी लिमिटेडले सम्झौता खारेज गरेको हो ।

यी दुई कम्पनीले विभिन्न मितिमा गरेर ७० मेट्रिक टन युरिया र डिएपी खरिद गरेर नेपाल ल्याउनुपर्ने थियो । शैलुङले गत जुलाई १९ मा सम्झौता गरे अनुरुप गत २८ नोभेम्बरमा २५ मेट्रिक टन युरिया ल्याउनुपर्ने थियो । त्यस्तै मुक्तिनाथले २५ मेट्रिक टन युरिया र २० मेट्रिक टन डिएपी गत डिसेम्बर पहिलो सातामा ल्याउने सम्झौता गरेका थिए । तर, मल ल्याउन नसकेपछि दुवै कम्पनी कारवाहीमा परेका हुन् ।

कृषि सामग्री कम्पनीले धेरै समय पर्खदा पनि रासायनिक मल आयात गर्न नसकेको भन्दै दुवै कम्पनीलाई कारबाही गर्ने निर्णय गरेको छ । सोमबार बसेको कम्पनीको बैठकले मल ल्याउन नसक्ने उक्त कम्पनीलाई कारवाही गर्न खरिद कार्यालयलाई सिफारिस गरेको हो ।

मल खरिदको सम्झौता तोड्ने, कम्पनीलाई कालो सूचीमा राख्ने र धरौटी जफत गर्न सिफारिस गर्ने निर्णय गरेको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए । नेपाली कम्पनीलाई धेरै समय पर्खदा पनि मल ल्याउन नसकेपछि उक्त निर्णय गर्न बाध्य भएको उनले बताए । निजी कम्पनीले मल ल्याउन नसकेपछि तत्कालिन कृषिमन्त्री घनश्याम भुषालले सार्वजनिक रुपमा माफी समेत मागेका थिए । अहिले सरकारले बंगलादेशबाट मल खरिद गर्ने प्रक्रिया अगाडी बढाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

‘जुनार फल्छ तर बिक्री हुदैन’

‘जुनार फल्छ तर बिक्री हुदैन’

ममता भट्ट, डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिका –५ शिराडका राजबहादुर भट्ट जुनार बिक्री नभएको भन्दै चिन्तामा छन्। बिगत १२ बर्षदेखी जुनार खेती गर्दै आएका भट्ट यो बर्ष भने जुनार बिक्री नहुँदा चिन्तीत छन्। ‘बिगतका बर्षमा घरमै आएर थुप्रै जुनार बिक्री हुन्थ्यो तर यो बर्ष भने भएका जुनार बारीमै कुहिएर खेर गएका छन, उनले भने ।’ बारीमा डेढ देखी दुई सय सम्म जुनारका बोट लगाएका उनी अहिले भने कसरी बिक्री गरु भन्नेमा छन् । सात जनाको परिवार सोहि खेती बाटै चल्ने गरेको भए पनि अहिले बिक्री गर्ने कार्य ठप्प हुँदा घरखर्च चलाउन मुस्किल हुन थालेको उनी बताउँछन्।

‘किसानहरुको वर्गीकरण गरी कृषि कार्यक्रमलाई व्यवस्थित गर्छौं’

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानहरुको वर्गीकरण गरेर कृषि कार्यक्रमलाई वितरण गरिने बताएकी छन । अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलाहरुसँग आयोजीत कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन । पहिलो चरणमा किसानहरुको वर्गीकरण गरी किसान परिचयपत्र वितरण गरिने मन्त्री अर्यालको भनाई थियो । मन्त्री अर्यालले भनिन, ‘किसानहरुको वर्गीकरण गरी परिचयपत्र वितरणको काम सम्पन्न गर्छौ । वर्गीकरणका आधारमा कृषि कार्यक्रमलाई व्यवस्थित ढंगले अगाडी बढाउछौ । आगामी फागुनदेखी यो कार्यक्रम द्रुतरुपले अगाडी बढ्छ ।’

Ad

प्रतिक्रिया दिनुहोस