# भर्खरै
Namaste Icon
Ad

मेलौली नगरमा कुल बजेट मध्ये ३६ प्रतिशत खर्च भयो

मेलौली नगरमा कुल बजेट मध्ये ३६ प्रतिशत खर्च भयो

लक्ष्मण विसी, बैतडी । बैतडीको मेलौली नगरपालिकाको सातौं नगरसभा सोमबार सम्पन्न भएको छ । सभाले नगरपालिकाले चालु आर्थिक बर्षमा भएको खर्च अनुमोदन गरेको छ । नगरसभामा अहिलेसम्मको खर्च अनुमोदन , निर्णयहरु अनुमोदन र बजेट शिर्षक सम्बोधन शिर्षकमा प्रस्तापहरु पारित गरेको उपप्रमुख राधा ओझाले जानकारी दिए।

यस्तै सभाले बजेट शीर्षक संशोधन गर्ने निर्णयलाई पनि सर्वसम्मतिबाट पारित गरेको छ । नगरपालिकाको चालु आर्थिक बर्षको ५८ करोड ४४ लाख ५५ हजार ५३४ कुल बजेट मध्ये अहिले सम्म ३६ प्रतिशत खर्च भईसकेको जनाएको छ । नगरपालिकाभित्र भईरहेका कामहरुलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउने बिषयमा सभामा छलफल गरिएको नगर प्रमुख कृष्णसिंह नायकले बताए ।

Ad

सम्बन्धित समाचारहरु

केपि ओलीले जनताको त्याग र बलिदानबाट प्राप्त संविधानको घाँटी निमोठे : किसान महासंघ अध्यक्ष रेग्मी

माधव खनाल, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ (अफा) का केन्द्रिय अध्यक्ष भैरहवराज रेग्मीले केपि शर्मा ओलीले जनताको संविधानको घाँटी निमोठेको आरोप लगाएका छन । राष्ट्रिय जनमोर्चाले संसदको बिघटन विरुद्ध तथा बिघठित संसदको पुर्नस्थापनाका लागि देशब्यापी रुपमा चलेको सङघर्षको कार्यक्रम अन्तर्गत शुक्रबार अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर १ मा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले सो कुरा बताएका हुन । साथै अध्यक्ष रेग्मीले बर्तमान प्रधानमन्त्री केपि शर्मा वलीले आफ्नो पार्टीको विवाद मिलाउनुको साटो जनताको हक अधिकार खोसेको आरोप समेत लगाए ।

डोटीको जोरायल गरुडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

डडेल्धुरा । भीमदत्त राजमार्ग अन्तरगत डोटीको जोरायल गाउँपालिका–२ गरुडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। डडेल्धुराबाट धनगढीतर्फ आइरहेको सुपप्र ००२००३ प ४९०२ नम्बरको मोटरसाइकलमा सवार डडेल्धुराको अमरगढी नगरपालिका–४ का अन्दाजी ३० वर्षीय प्रदिप घिमिरेको मृत्यु भएको हो।

Ad

प्रतिक्रिया दिनुहोस