# भर्खरै
Namaste Icon
Ad

विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत लीना शर्मा रेग्मी प्रकाउ

विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत लीना शर्मा रेग्मी प्रकाउ

काठमाडौं । प्रतिलिपि अधिकार उल्लंघन आरोपमा विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत लीना शर्मा रेग्मी प्रकाउ परेकी छन्। उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो। उनी विरुद्ध गायक प्रमोद खरेलले उजुरी दिएपछि पक्राउ पुर्जी जारी गरेर पक्राउ गरिएको काठमाडौंका एसएसपी अशोक सिंहले बताए।

खरेललाई विन्धवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीले त्यस्तो व्यवहार गरेको भन्दै दोषीलाई कानुनी प्रक्रियाअनुसार कारबाही गर्न ५७ जना संगीतकर्मीहरुको हस्ताक्षरसहित टेकु प्रहरीलाई आग्रह गरेका थिए।

आफ्ना सिर्जना नियम अनुसार फिर्ता माग्दा आफूलाई अन्यायपूर्ण व्यवहार गरिएको गायक खरेलको आरोप छ। उनीहरुले नेपाली संगीत डिजिटल युगमा प्रवेश गरेसँगै आफैंले लगानी गरेर बजारमा ल्याएको गीत लगानीकर्ताको हुनुपर्ने माग गरिएको छ।

Ad

सम्बन्धित समाचारहरु

'लोक गीत संगीत प्रति राज्यले कुनै चासो दिएन'

'लोक गीत संगीत प्रति राज्यले कुनै चासो दिएन'

काठमाडौं । पत्रकार ऋषि धमलाले नेपालमा लोक गीतसंगीतप्रति राज्यले कुनै चासो नदिएको बताएका छन । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको २० औं साधारणसभामा पत्रकार धमलाले यस्तो बताएका हुन । रिपाेटर्स क्लबले नै लोकदोहोरी गीतसङ्गीतबारे बहस गरेको र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले उठाएका एजेन्डाहरु अगाडि ल्याएको पत्रकार धमलाले दाबी गरे । पत्रकार धमलाले नेपालका कलासंस्कृति संरक्षण गर्न जतिबेला पनि आफु तयार रहेको बताए ।

झम्के मायामा स्वस्तिमाको आइटम फ्लेभरको नृत्य

झम्के मायामा स्वस्तिमाको आइटम फ्लेभरको नृत्य

काठमाडौं । गायक समिर आचार्य र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘झम्के माया’को भिडियो सार्वजनिक भएको छ । गीतमा एकनारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत छ । गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का र राहुल शाहको फिचर्ड छन् । भिडियोमा नायिका स्वस्तिमाको आइटम फ्लेभरको नृत्य हेर्न सकिन्छ । भिडियोमा राहुल शाहको कोरियोग्राफी तथा निर्देशन र मनोज बस्नेतको लगानी छ । भिडियोमा पवन सुस्लिङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

Ad

प्रतिक्रिया दिनुहोस