# भर्खरै
Namaste Icon
Ad

मध्यरातमा शंखुमा आगलागी,घरगोठ जलेर नष्ट

मध्यरातमा शंखुमा आगलागी,घरगोठ जलेर नष्ट

सन्तोष दहाल, ललितपुर । कोञ्ज्योसोम गाउँपालिका २ शंखु भलडाँडामा गयराती आगलागी हुँदा एक परिवारको घरगोठ जलेर नष्ट भएको छ । भलडाँडा निवासी रामशरण घिमिरेको गोठबाट सल्किएको आगोले घरगोठ नै सखाप भए तापनी मानवीय र गोठमा रहेका वस्तुभाउलाई भने स्थानीयवासीको सहयोगमा जोगाउन सफल भएका छन् ।

राती करेन्ट सर्ट भएर आगलागी भएको हुनसक्ने शंखुका वडाध्यक्ष ध्रुबप्रसाद घिमिरेले बताए । घटनाबाट भएको क्षतिको जानकारी आउन बाँकी रहेको र घटनास्थलमा बिहानै प्रहरी पुगेर मुचुल्का तयार पारिरहेको उनले बताए । घरमा रहेका सामानहरु भने केजी पनि झिक्न नपाएको बताईएको छ ।

Ad

सम्बन्धित समाचारहरु

मोरङको लेटाङमा जीप दुर्घटना : एकको मृत्यु, १६ जना घाइते

मोरङ । मोरङको लेटाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । कच्चीसडक खण्डमा लेटाङबाट कुवापानीतर्फ जाँदै गरेको को १ ज ३२६२ नम्बरको जीप अनियन्त्रित भएर लेटाङ– १ अधेरीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

केपि ओलीले जनताको त्याग र बलिदानबाट प्राप्त संविधानको घाँटी निमोठे : किसान महासंघ अध्यक्ष रेग्मी

माधव खनाल, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ (अफा) का केन्द्रिय अध्यक्ष भैरहवराज रेग्मीले केपि शर्मा ओलीले जनताको संविधानको घाँटी निमोठेको आरोप लगाएका छन । राष्ट्रिय जनमोर्चाले संसदको बिघटन विरुद्ध तथा बिघठित संसदको पुर्नस्थापनाका लागि देशब्यापी रुपमा चलेको सङघर्षको कार्यक्रम अन्तर्गत शुक्रबार अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर १ मा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले सो कुरा बताएका हुन । साथै अध्यक्ष रेग्मीले बर्तमान प्रधानमन्त्री केपि शर्मा वलीले आफ्नो पार्टीको विवाद मिलाउनुको साटो जनताको हक अधिकार खोसेको आरोप समेत लगाए ।

Ad

प्रतिक्रिया दिनुहोस