# भर्खरै
Namaste Icon
Ad

तोलामा ६०० ले बढ्यो सुनको मूल्य

तोलामा ६०० ले बढ्यो सुनको मूल्य

काठमाडौं । लगातार चार दिनदेखि सुनको भाउ घट्ने क्रममा आज आज मंगलबार ब्रेक लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रूपैयाँले बढेको छ । यससँगै स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रूपैयाँ पुगेको छ। हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रूपैयाँ कायम भएको थियो।

यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रूपैयाँ कायम भएको छ। सुनको भाउ बढेसँगै चाँदीको मूल्यसमेत २० रूपैयाँले उकालो लागेको छ। महासंघले आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रूपैयाँ कायम गरेको छ।

Ad

सम्बन्धित समाचारहरु

रावा बैंकको ५६औं वार्षिकोत्सव सम्पन्न, डिजिटल सेवालाई जोड

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५६औं वार्षिकोत्सव समारोह अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आथित्यतामा कोभिड–१९ का कारण भर्चुअल माध्यमबाट शनिबार सम्पन्न भएको छ । कार्यक्रममा अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंक प्रति आम नागरिकको भरोसा, विश्वास रहेको बताए । उनले बैंकले आगामी दिनमा प्रविधिको मार्फत दिइने बैंकिङ्ग सेवाले आम नागरिकमा लाभ पुग्ने गरी ग्राहकमैत्री सेवाको लागि थप कार्य गर्नुपर्ने बताए ।

अब पठाओका ग्राहक र राईडरलाई ५ लाखको बीमा

अब पठाओका ग्राहक र राईडरलाई ५ लाखको बीमा

काठमाडौं । पठाओ नेपाल प्रालि राईड शेयरिंग तथा फुड डेलिभरी एपले ग्राहकहरु र राईडर/चालक साथीहरुलाई बीमा सुविधा प्रदान गर्न एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग साझेदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त साझेदारी अन्तर्गत राईडको दौरान कुनै पनि ग्राहक तथा राईडर/चालक साथीहरुको दुर्घटनाका कारणले हुने मृत्यु, अपाङ्गता जस्तो अवस्थामा बढीमा रु ५ लाख सम्मको बीमा रकम प्राप्त गर्नेछन् ।

Ad

प्रतिक्रिया दिनुहोस