# भर्खरै
Namaste Icon
Ad

कक्षा १२ को नतिजा माघ पहिलो साता

कक्षा १२ को नतिजा माघ पहिलो साता

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा माघ पहिलो साता आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका डा चन्द्रमणि पौडेलका अनुसार माघ पहिलो साताभित्रै परीक्षाफल प्रकाशनको तयारी भएको हो ।

पुसभित्रै नतिजा प्रकाश गर्ने तयारी भएपिन विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा केही ढिलाइ भएको पौडेलले बताए ।

 

Ad

सम्बन्धित समाचारहरु

अक्सिजन प्लान्टका लागि पाटन अस्पताललाई ललितपुर महानगरको १ करोड सहयोग

ललितपुर । ललितपुर महानगरपालिकाले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड प्रदान गरेको छ । महानगरपालिकाद्धारा मंगलबार आयोजित कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनले मंगलबार पाटन अस्पतालका निर्देशक रवि शाक्यलाई चेक हस्तान्तरण गरे । चेक हस्तान्तरणअघि नगरप्रमुख महर्जन र शाक्यले सम्झौता पत्रमा हस्ताक्षर रहेका थिए ।

परिवार नियोजन र सुरक्षित गर्भपतनसम्बन्धी सहयोग चाहिए कल ११४३ मा कल गर्नुहोस

काठमाडौं । परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा प्रदान गर्न सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपालले एक छोटो कोड तथा निःशुल्क हेल्पलाइन नम्बर ‘११४३’ सुचारु गरेको छ । परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा पाउनका लागि तपाई केबल यी चार अंकको दूरीमा छन । सुनौलो परिवार नेपाल÷मेरी स्टोप्स् नेपालले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ । यस्ता सेवाहरूले संयोगले नभई रोजाईले बच्चा जन्माउने अवसर प्रदान गर्दै आएको छ ।हाम्रो११४३हेल्पलाइन नम्बरले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना प्रदान गर्छ भने महिलाहरूलाई आफ्नो रोजाईमा प्रजनन्सम्बन्धि निर्णय लिन सहयोग गर्दछ ।

Ad

प्रतिक्रिया दिनुहोस