# भर्खरै
Namaste Icon
Ad

बाजुरामा हतियारसहित चारजना पक्राउ

बाजुरामा हतियारसहित चारजना पक्राउ

काठमाडौं । बाजुरा, बडिमालिका नगरपालिका ३, रजालीबाट हतियारसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बडिमालिका नगरपालिका ३, बस्ने ४५ वर्षीय नन्दु ल्वार, ४० वर्षीय बीरभाने लुहार, सोही नगरपालिका ८, बस्ने ३० वर्षीय बलबहादुर थापा र ३० वर्षीय डम्बर थापा छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियारसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ३ नाल भरुवा बन्दुक, भरुवा बन्दुकमा लाग्ने फलाम काटेर बनाएको ३९ वटा टुक्रा, ४ डिब्बा बारुद, फलामको बन्दुकको १ थान नाल र भरुवा बन्दुकको १ थान चाप बरामद भएको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

मोरङको लेटाङमा जीप दुर्घटना : एकको मृत्यु, १६ जना घाइते

मोरङ । मोरङको लेटाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । कच्चीसडक खण्डमा लेटाङबाट कुवापानीतर्फ जाँदै गरेको को १ ज ३२६२ नम्बरको जीप अनियन्त्रित भएर लेटाङ– १ अधेरीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

केपि ओलीले जनताको त्याग र बलिदानबाट प्राप्त संविधानको घाँटी निमोठे : किसान महासंघ अध्यक्ष रेग्मी

माधव खनाल, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ (अफा) का केन्द्रिय अध्यक्ष भैरहवराज रेग्मीले केपि शर्मा ओलीले जनताको संविधानको घाँटी निमोठेको आरोप लगाएका छन । राष्ट्रिय जनमोर्चाले संसदको बिघटन विरुद्ध तथा बिघठित संसदको पुर्नस्थापनाका लागि देशब्यापी रुपमा चलेको सङघर्षको कार्यक्रम अन्तर्गत शुक्रबार अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर १ मा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले सो कुरा बताएका हुन । साथै अध्यक्ष रेग्मीले बर्तमान प्रधानमन्त्री केपि शर्मा वलीले आफ्नो पार्टीको विवाद मिलाउनुको साटो जनताको हक अधिकार खोसेको आरोप समेत लगाए ।

Ad

प्रतिक्रिया दिनुहोस