# भर्खरै
Namaste Icon
Ad

छात्राहरुलाई अश्लिल म्यासेज पठाएको आरोपमा आर आर क्याम्पसका प्राध्यापक पक्राउ

छात्राहरुलाई अश्लिल म्यासेज पठाएको आरोपमा आर आर क्याम्पसका प्राध्यापक पक्राउ

काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पसका प्राध्यापक विष्णु प्रसाद आचार्य पक्राउ परेका छन् । क्याम्पसमा अध्ययनरत छात्राहरुलाई अश्लिल म्यासेज पठाएको आरोपमा ४५ वर्षीय प्राध्यापक आचार्यलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंह राठोरले बताए ।

प्राध्यापक आचार्यले छात्राहरुलाई विभिन्न सामाजिक सञ्जालमार्फत अश्लिल म्यासेज पठाउँदै आएका थिए । ललितपुरको भैंसेपाटीमा बस्दै आएका आचार्यलाई रत्नराज्य लक्ष्मी क्याम्पसबाट नै पक्राउ गरिएको एसएसपी राठोरले बताए । एसएसपी राठोरका अनुसार आचार्यमाथि अवद्र व्यवहारमा मुद्धा चलाई थप अनुसन्धान अगाडि बढाइएको छ । -(राताेपाटी)

Ad

सम्बन्धित समाचारहरु

डा. सन्दुक रुइतसहित दुई विशेषज्ञलाई भिजन एक्सलेन्स अवार्ड

काठमाडौं । भिजन एक्सलेन्स अवार्डबाट प्रख्यात नेत्र विशेषज्ञ डा। सन्दुक रुइतसहित अन्य दुई विशेषज्ञलाई सम्मान गरिएको छ । आँखा स्वास्थ्य सेवाका लागि वकालत गरेको तथा यसको कार्यान्वयन र संस्थागत संरचनाको विकास गरि अन्धोपन नियन्त्रण कार्यमा उल्लेख्य भूमिका निर्वाह गरेका कारण भिजन एक्सलेन्स अवार्डबाट विशेषज्ञहरूलाई सम्मान गरिएको हो ।

अमेरिकी राजदूतले वाइडनको प्रमुख प्राथमिकताबारे प्रधानमन्त्री ओलीलाइ जानकारी गराए

काठमाडौं । डेमोक्रेटिक पार्टीका राष्ट्रपति जो वाइडनले कार्यभार सम्हालेलगत्तै नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले नयाँ राष्ट्रपतिको विश्वव्यापी र नेपाल प्राथमिकताको बारेमा नेपाली नेताहरुसँग छलफल थालेका छन् । बेरीले भेटको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीबाट गरेका छन् । वाइडनले सपथ ग्रहण गरेलगत्तै विहीबार राजदूत बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरी वाइडनको प्रमुख प्राथमिकताबारे जानकारी गराएका छन् । उनले छिट्टै राजनीतिक दलका नेता, सरकारका मन्त्री र उच्चपदस्थ अधिकारीहरुसँग भेटघाट गरेर नयाँ प्रशासनको प्राथमिकताबारे जानकारी गराउने अमेरिकी दूतावासले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस