सतुङ्गलको नालीमा एक युवाको शव फेला

काठमाडौँ। राजधानीको सतुङ्गलमा एक युवक मृत फेला परेका छन्। स्याङ्जा घर भई राजधानीमा सिकर्मी पेसा गर्दै आएका अन्दाजी २८ वर्षीय देव मगर सोमबार साँझ नालीमा मृत फेला परेका हुन्।
सोमबार दिउँसोदेखि नै सम्पर्कविहीन भएका उनको के कारणले मृत्यु भयो भन्ने कुरा पत्ता लाग्न सकेको छैन। घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । भिजन एक्सलेन्स अवार्डबाट प्रख्यात नेत्र विशेषज्ञ डा। सन्दुक रुइतसहित अन्य दुई विशेषज्ञलाई सम्मान गरिएको छ । आँखा स्वास्थ्य सेवाका लागि वकालत गरेको तथा यसको कार्यान्वयन र संस्थागत संरचनाको विकास गरि अन्धोपन नियन्त्रण कार्यमा उल्लेख्य भूमिका निर्वाह गरेका कारण भिजन एक्सलेन्स अवार्डबाट विशेषज्ञहरूलाई सम्मान गरिएको हो ।
काठमाडौं । डेमोक्रेटिक पार्टीका राष्ट्रपति जो वाइडनले कार्यभार सम्हालेलगत्तै नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले नयाँ राष्ट्रपतिको विश्वव्यापी र नेपाल प्राथमिकताको बारेमा नेपाली नेताहरुसँग छलफल थालेका छन् । बेरीले भेटको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीबाट गरेका छन् । वाइडनले सपथ ग्रहण गरेलगत्तै विहीबार राजदूत बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरी वाइडनको प्रमुख प्राथमिकताबारे जानकारी गराएका छन् । उनले छिट्टै राजनीतिक दलका नेता, सरकारका मन्त्री र उच्चपदस्थ अधिकारीहरुसँग भेटघाट गरेर नयाँ प्रशासनको प्राथमिकताबारे जानकारी गराउने अमेरिकी दूतावासले जनाएको छ ।