# भर्खरै
Namaste Icon
Ad

वासिङ्टनमा ट्रम्पले लगाए सङ्कटकाल

वासिङ्टनमा ट्रम्पले लगाए सङ्कटकाल

वासिङ्टन। संयुक्त राज्य अमेरिकामा नयाँ कार्यकालका लागि निर्वाचित राष्ट्रपति जोइ बाईडेन र उपराष्ट्रपति कमला ह्यारिसको शपथ ग्रहण नजिकिंदै गर्दा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनमा संकटकाल लगाएका छन्। आफूविरुद्ध अमेरिकी संसद्मा महाभियोग प्रस्ताव पेस गरिएलगत्तै ट्रम्पले जनवरी ११ देखि २४ सम्म उक्त संकटकाल लगाएका हुन्।

नवनिर्वाचित राष्ट्रपति जो बाइडनले वासिङ्टनमा २० जनवरीमा पदको शपथ लिँदै छन्। संकटकाल लागू भएसँगै अमेरिकामा भिडन्त हुने आशंका गरिन थालेको छ। शपथ ग्रहण समारोहमा हिंसा हुने आशंका बढेकाले संकटकाल लगाउनु परेको जनाइएको छ।

ट्रम्प समर्थकबाट हिंसा हुन सक्ने भन्दै स्थानीय प्रहरी र संघीय अनुसन्धान अधिकारीले चिन्ता व्यक्त गरेका छन्। बाइडन र उपराष्ट्रपति कमला ह्यारिसको शपथ ग्रहण प्रभावित हुने अनुमान गर्न थालिएको छ।

गत साता क्यापिटल बिल्डिङ (अमेरिकी संसद् भवन)मा आक्रमण भएको थियो। उक्त हिंसामा पाँच जनाको मृत्यु भएको थियो। संकटकालीन अवस्थामा उचित सहयोग पुर्‍याउन सहज हुने ह्वाइट हाउसको कथन छ। जनधन र सार्वजनिक स्वास्थ्य एवं सुरक्षाका लागि यो नै उचित उपाय भएको बताइएको छ।

संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले बाइडनले कार्यभार सम्हाल्नुभन्दा केही दिनअघि ५० वटै राज्यमा सशस्त्र प्रदर्शन आयोजना हुने तयारी भएको जानकारी मिलेको बताएको छ। यूएस नेसनल गार्डस् ब्युरोले पनि आगामी साता दंगा हुने आशंका व्यक्त गरेको छ। गृह सुरक्षा विभागका कार्यवाहक प्रमुख चाड वोल्फले गत साता भएको हिंसाको विषयलाई लिएर राजीनामा दिएका छन्।

Ad

सम्बन्धित समाचारहरु

जो वाइडेनको मन्त्रिपरिषद्मा १२ महिला

जो वाइडेनको मन्त्रिपरिषद्मा १२ महिला

काठमाडौं । अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित जो वाइडेनले निर्वतमान राष्ट्रपतिको निर्णय उल्टाउदै काम शुरु गरेका छन् । कार्यकालको पहिलो दिन राष्ट्रपति बाइडनले कैयन् कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रष्ट पार्ने प्रयास गरेका छन् । कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशमध्ये कतिपयले ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएका छन् । ‘हामीले सामना गरिरहेको संकटसँग जुझ्ने क्रममा खेर फाल्ने समय हामीसँग छैन’, शपथ ग्रहणपश्चात् ह्वाइट हाउस प्रवेश गर्नुअगाडि राष्ट्रपति जो बाइडनले ट्वीट गरेका थिए ।

‘कोभिड संकट’, ‘आर्थिक संकट’ र जलवायु संकट’ वाईडेनका मुख्य प्राथमिकता

काठमाडौँ। अमेरिकी राष्ट्रपति पद सम्हाल्ने बित्तिकै जो बाइडेनले थुप्रै ठूला निर्णयमाथि हस्ताक्षर गरे ।

Ad

प्रतिक्रिया दिनुहोस