# भर्खरै
Namaste Icon
Ad

‘एकीकृत नमूना कृषि फार्म’का लागि १६ फार्म छनोट

‘एकीकृत नमूना कृषि फार्म’का लागि १६ फार्म छनोट

बागलुङ। ताराखोला गाउँपालिकामा एकीकृत नमूना कृषि फार्म सञ्चालनका लागि १६ कृषि फार्म र कृषक समूह छनोटमा परेका छन्। यसअघि गाउँपालिकाले फार्म सञ्चालन गर्न इच्छुक कृषक समूह र कृषि फार्मबाट प्रस्ताव माग गरेको थियो। आउँदो १५ दिनभित्र कार्यक्रम सम्झौता भई कार्यान्वयनमा जाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार एकीकृत नमूना कृषि फार्मका लागि सङ्‍घ सरकारको ७० लाख रुपैयाँ र गाउँपालिकाको ४२ लाख रुपैयाँ बजेट छ।

“गाउँपालिकाले ५० देखि ७० प्रतिसम्म लगानी गर्छ, बाँकी सम्बन्धित कृषक समूह र कृषि फार्मले गर्नुपर्छ,” उनले भने, “कामको प्रगति र मूल्याङ्‍कनका आधारमा किस्तामा अनुदान दिन्छौँ।” एकीकृत नमूना कृषि फार्मका लागि छनोटमा पर्नेमा वडा नं १ माझखर्कको एकीकृत सामुदायिक नमूना कृषि फार्म पहिलो नम्बरमा छ। बाख्रापालनका लागि उक्त फार्मले १६ लाख ५० हजार रुपैयाँ अनुदान पाउने छ।

यस्तै वडा नं १ र २ को ताराखोला एकीकृत तरकारी उत्पादन केन्द्रका लागि ६ लाख, वडा नं १ कै चगाडी अर्ग्यानिक कृषि फार्मलाई तीन लाख रुपैयाँ अनुदान छुट्याइएको छ। तरकारी खेतीमै वडा नं २ अर्गलको प्रगतिशील महिला कृषक समूहले तीन लाख रुपैयाँ, सोही वडामा बाख्रापालनका लागि थामी कृषक समूहले १३ लाख ५० हजार रुपैयाँ र वडा नं ३ हिलको घुम्टे हिल पशुपक्षी फार्मले बाख्रा, बट्टाई र स्थानीय जातका कुखुरापालनका लागि १२ लाख रुपैयाँ अनुदान पाउने भएका छन्।

सोही नामको अर्को फार्मका लागि बाख्रापालनमा नौ लाख रुपैयाँ अनुदान छुट्याइएको छ। हिलकै हर्निस बहुउद्देश्यीय कृषि फार्मले बट्टाई र स्थानीय जातका कुखुरापालनका लागि तीन लाख रुपैयाँ, वडा नं १, २ र ३ लाई समेटेको ताराखोला एकीकृत भेडाबाख्रा फार्मले पाँच लाख रुपैयाँ, वडा नं ३ को बराहखोला बाख्रा फार्मले भेडापालनका लागि दुई लाख रुपैयाँ र वडा नं ५ औलादीको एमएस बाख्रा फार्मले दुई लाख रुपैयाँ अनुदान पाउनेछ।

वडा नं ३ को अर्खलाबोट बाख्रा फार्मले एक लाख रुपैयाँ, वडा नं ४ को लावाङ कृषक समूहले तरकारी खेतीका लागि १६ लाख, सोही वडाको तारागाउँमा रहेको ताराखोला बहुउद्देश्यीय रेम्बो ट्राउट माछा फार्मले १२ लाख रुपैयाँ अनुदान पाउने भएको छ। यस्तै वडा नं ५ को करिमेला कृषि तथा पशुपालन समूहलाई तरकारी खेतीका लागि १६ लाख रुपैयाँ र सोही वडाको मालचरी कृषक समूहलाई बाख्रापालनका लागि १० लाख रुपैयाँ अनुदान छुट्याइएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले कृषिको व्यावसायीकरणका लागि एकीकृत नमूना कृषि फार्मको योजना ल्याइएको बताए। “यो कार्यक्रमले कृषिको व्यावसायिक उत्पादन बढ्नुका साथै स्थानीयवासीलाई आयआर्जनसँग जोड्छ, रोजगारी पनि सिर्जना गर्छ,” उनले भने। रासस

Ad

सम्बन्धित समाचारहरु

‘जुनार फल्छ तर बिक्री हुदैन’

‘जुनार फल्छ तर बिक्री हुदैन’

ममता भट्ट, डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिका –५ शिराडका राजबहादुर भट्ट जुनार बिक्री नभएको भन्दै चिन्तामा छन्। बिगत १२ बर्षदेखी जुनार खेती गर्दै आएका भट्ट यो बर्ष भने जुनार बिक्री नहुँदा चिन्तीत छन्। ‘बिगतका बर्षमा घरमै आएर थुप्रै जुनार बिक्री हुन्थ्यो तर यो बर्ष भने भएका जुनार बारीमै कुहिएर खेर गएका छन, उनले भने ।’ बारीमा डेढ देखी दुई सय सम्म जुनारका बोट लगाएका उनी अहिले भने कसरी बिक्री गरु भन्नेमा छन् । सात जनाको परिवार सोहि खेती बाटै चल्ने गरेको भए पनि अहिले बिक्री गर्ने कार्य ठप्प हुँदा घरखर्च चलाउन मुस्किल हुन थालेको उनी बताउँछन्।

‘किसानहरुको वर्गीकरण गरी कृषि कार्यक्रमलाई व्यवस्थित गर्छौं’

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानहरुको वर्गीकरण गरेर कृषि कार्यक्रमलाई वितरण गरिने बताएकी छन । अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलाहरुसँग आयोजीत कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन । पहिलो चरणमा किसानहरुको वर्गीकरण गरी किसान परिचयपत्र वितरण गरिने मन्त्री अर्यालको भनाई थियो । मन्त्री अर्यालले भनिन, ‘किसानहरुको वर्गीकरण गरी परिचयपत्र वितरणको काम सम्पन्न गर्छौ । वर्गीकरणका आधारमा कृषि कार्यक्रमलाई व्यवस्थित ढंगले अगाडी बढाउछौ । आगामी फागुनदेखी यो कार्यक्रम द्रुतरुपले अगाडी बढ्छ ।’

Ad

प्रतिक्रिया दिनुहोस