# भर्खरै
Namaste Icon
Ad

प्रधानमन्त्री केपी ओलीको निर्देशनमा निर्वाचन आयोगका सहसचिवको सरुवा

प्रधानमन्त्री केपी ओलीको निर्देशनमा निर्वाचन आयोगका सहसचिवको सरुवा

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा निर्वाचन आयोगका कानुन महाशाखा प्रमुख समेत रहेका सहसचिव लक्ष्मीप्रसाद गौतमको सरुवा गरिएको छ । आयोगका दशौं बर्षदेखि काम गरिरहेका कर्मचारीहरुको सरुवा नभइरहेका बेला आयोगमा जिम्मेवारी सम्हालेको १० महिनामै गौतमको नेपाल कानुन आयोगमा सरुवा गरिएको आयोगको उच्च स्रोतले जानकारी दियो । उनको ठाउँमा गृह मन्त्रालयका कानुन सहसचिव पुष्कर सापकोटालाई ल्याइएको छ । गौतमले गत फागुनमा आयोगको कानून शाखामा जिम्मेवारी सम्हालेका थिए ।


सहसचिव गौतम नेतृत्वको टोलीले नेकपा विवादको मुद्दा हेरिरहेको थियो । निर्वाचन आयोग स्रोतकाअनुसार पछिल्लो समय गौतमलाई ओली समूहले सूर्य चिन्ह र पार्टीको बैधानिकता दिलाउनका लागि निरन्तर दवाव दिएको थियो । तर गौतमले राजनीतिक दलसम्बन्धी ऐनका आधारमा मात्र काम गर्न सक्ने बताउँदै आएका थिए । आयोगका एक कर्मचारीले भने– ‘गौतम सरले लिएको अडानका कारण कतै सरकारले उहाँको सरुवा गर्छ कि भन्ने आशंका गरेका थियौँ त्यस्तै भयो ।’


गौतमको सरुवाप्रति नेकपा प्रचण्ड–नेपाल पक्षले सरकारको षडयन्त्रको रुपमा लिएको छ । उनको सरुवा गरेलगतै मंगलबार बेलुका प्रचण्ड नेपाल पक्षका स्थायी समिति सदस्य योगेश भट्टराईले ट्वीट गर्दै सरकारको नियतमाथि शंका र षडयन्त्रको आभास भएको उल्लेख गरेका थिए । उनले ट्वीटरमा लेखेका छन्–‘निर्वाचन आयोगमा नेकपाको आधिकारिकता सम्बन्धित बहस चलिरहेको अवस्थामा आयोगका बरिष्ठ कर्मचारीको सरुवा गरिएको बुझिएको छ । नियतमाथि शंका, षड्यन्त्रको आभास ।’

आयोगमा यतिबेला नेकपा प्रचण्ड–नेपाल पक्ष वा ओली पक्ष को बैधानिक र सूर्य चिन्ह कसले पाउने भन्ने बारेको मुद्धा बिचाराधीन रहेको छ । दुई पार्टीको बिचाराधीन मुद्धा हेरिरहेको उच्च कर्मचारी सरुवालाई अर्थपूर्ण रुपमा लिइएको छ । नेकपा दुवै पक्षले बुझाएको विवरण पर्याप्त र चित्तबुझ्दो नभएको भन्दै आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ र राजनीतिक दलसम्बन्धी नियमावली २५ अनुसार विवरणहरु माग गर्ने तयारी गरेको छ । -ratopati

 

Ad

सम्बन्धित समाचारहरु

पूर्वजनमुक्ति सेनाको समूह ओली नेतृत्वको नेकपामा प्रवेश

काठमाडौं । जनयुद्धको बेला शक्तिशाली मानिने अनिस-कल्याण बिग्रेडका कमाण्डर तथा पुर्व जनमुक्ति सेनाका अध्यक्ष टुकबहादुर थापा र बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष लेनिन बिष्ट प्रधानमन्‍त्री केपी ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।

ओलीमाथि नेता ज्ञवाली आरोप,'कम्युनिष्टको खोल ओढेर देशमाथि गद्दारी गरे'

रुपन्देही । नेकपाको प्रचण्ड-नेपाल समूहका नेता युवराज ज्ञवालीले केपी ओलीलाई केशरजंग रायमाझीभन्दा बढी प्रतिगमनकारी र विश्वासघाती नेता भएको टिप्पणी गरेका छन् । ज्ञवालीले कम्युनिष्टको खोल ओढेर देशमाथि गद्दारी गरेको आरोप ओलीमाथि लगाएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस