# भर्खरै
Namaste Icon
Ad

रीता केसी र राज सागरको स्वरमा ‘मिस्सिएर दुईटा खोला’ (भिडियो)

रीता केसी र राज सागरको स्वरमा  ‘मिस्सिएर दुईटा खोला’  (भिडियो)

काठमाडौं । वरिष्ठ गीतकार कालीप्रसाद रिजालको शब्द रहेको ‘मिस्सिएर दुईटा खोला’ बोलको गीत भिडियोसहित रिलिज भएको छ । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा गायिका रीता केसी र राज सागरको स्वर रहेको छ । गीतमा एरेन्ज देवेन्द्र नेवाले गरेका हुन् ।

गीतको भिडियो अमर ओलीले निर्देशन गरेका हुन् । ठुलो पर्दाको फिल्म निर्देशन गर्दै आएको निर्देशक ओलीले भिडियोमा प्रेमकथा बुनिएको बताए । रुपकसिंह बुढाथोकी र आयुष्मा कार्कीको अभियन भिडियोमा देख्न सकिन्छ । उनीहरुको जोडी भिडियोमा परफेट देखिएको छ । भिडियोको सम्पादन विष्णु खड्काले गरेका हुन् ।

Ad

सम्बन्धित समाचारहरु

बुनु श्रेष्ठले ल्याइन ‘लहरोस् चन्द्र सूर्य झण्डा’ (भिडियो)

काठमाडौं । गायिका बुनु श्रेष्ठको स्वर रहेको ‘लहरोस् चन्द्र सूर्य झण्डा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा डाक्टर गोविन्द टन्डनको शब्द तथा राजनराज सिवाकोटीको संगीत रहेको छ भने साहास शाक्यको एरेन्ज रहेको छ।

'लोक गीत संगीत प्रति राज्यले कुनै चासो दिएन'

'लोक गीत संगीत प्रति राज्यले कुनै चासो दिएन'

काठमाडौं । पत्रकार ऋषि धमलाले नेपालमा लोक गीतसंगीतप्रति राज्यले कुनै चासो नदिएको बताएका छन । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको २० औं साधारणसभामा पत्रकार धमलाले यस्तो बताएका हुन । रिपाेटर्स क्लबले नै लोकदोहोरी गीतसङ्गीतबारे बहस गरेको र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले उठाएका एजेन्डाहरु अगाडि ल्याएको पत्रकार धमलाले दाबी गरे । पत्रकार धमलाले नेपालका कलासंस्कृति संरक्षण गर्न जतिबेला पनि आफु तयार रहेको बताए ।

Ad

प्रतिक्रिया दिनुहोस