# भर्खरै
Namaste Icon
Ad

‘लाल गद्धार’ को संज्ञा दिंदै मन्त्री भट्टलाई डडेल्धुरामा कालो झण्डा

‘लाल गद्धार’ को संज्ञा दिंदै मन्त्री भट्टलाई डडेल्धुरामा कालो झण्डा

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टलाई डडेल्धुरामा कालो झण्डा देखाएर विरोध गरिएको छ। सत्तारुढ नेकपाको कार्यक्रमका लागि डडेल्धुरा पुगेका भट्टलाई प्रचण्ड–माधव समूहका कार्यकर्ताले कालो झण्डा देखाएका हुन्।

बाटोमा प्रचण्ड–माधव समूहका कार्यकर्ताले अवरोध गरेपछि प्रहरीले स्कटिङ गरेको थियो। भट्टको विरोधमा उत्रिएकालाई प्रहरीले हटाएको थियो। भट्टको विरोधमा उनीहरुले चर्को नाराबाजी गरेका थिए। भट्टलाई ‘लाल गद्धार’को संज्ञा दिएका थिए।

Ad

सम्बन्धित समाचारहरु

पूर्वजनमुक्ति सेनाको समूह ओली नेतृत्वको नेकपामा प्रवेश

काठमाडौं । जनयुद्धको बेला शक्तिशाली मानिने अनिस-कल्याण बिग्रेडका कमाण्डर तथा पुर्व जनमुक्ति सेनाका अध्यक्ष टुकबहादुर थापा र बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष लेनिन बिष्ट प्रधानमन्‍त्री केपी ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।

ओलीमाथि नेता ज्ञवाली आरोप,'कम्युनिष्टको खोल ओढेर देशमाथि गद्दारी गरे'

रुपन्देही । नेकपाको प्रचण्ड-नेपाल समूहका नेता युवराज ज्ञवालीले केपी ओलीलाई केशरजंग रायमाझीभन्दा बढी प्रतिगमनकारी र विश्वासघाती नेता भएको टिप्पणी गरेका छन् । ज्ञवालीले कम्युनिष्टको खोल ओढेर देशमाथि गद्दारी गरेको आरोप ओलीमाथि लगाएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस