# भर्खरै
Namaste Icon
Ad

ओलीको भस्मासुर शैलीको कारण मुलुक संकटमा फस्यो : नेता रिजाल

ओलीको भस्मासुर शैलीको कारण मुलुक संकटमा फस्यो : नेता रिजाल

सुनसरी । नेकपाका युवा नेता रामप्रसाद रिजालले प्रधानमन्त्री खड्ग ओलीको असंवैधानिक कदम नसच्चिए सम्म सडक आन्दोलन नरोकिने बताएका छन । सुनसरीको तरहरा एफएमको नियमित कार्यक्रम समय संवादमा बोल्दै नेता रिजालले सो कुरा बताएका हुन । ओलीको बाटो जालझेल, षड्यंत्र र असत्य तिर भएकोले सत्यको पक्षमा न्यायको र धर्मको पक्षमा प्रचण्ड र नेपाल रहेकोले आफुले नेपाल र प्रचण्डको पक्षमा होमिएको रिजालले बताए ।

ओलीको अधिकांस विरोधमा समय खर्चिएका रिजालले नेपालको संघिय लोकतांत्रिक व्यवस्था संसार कै उत्कृष्ट व्यवस्था भएको तर ओली जस्ता धन्दुकारी कुपात्रको हातमा शासन गएकोले अहिलेको समस्या आएको बताए । ओली र विधादेवी भण्डारीको नाम कालो अक्षरले इतिहासमा लेखिएले ओली र भण्डारीलाई राष्ट्रपति र प्रधानमन्त्री कुर्सीबाट नहटाई अहिलेको व्यवस्था बचाउन नसकिने नेता रिजालको तर्क छ । उनले भने, ‘ओली प्रधानमन्त्री र नेकपाको अध्यक्ष भए देखि सुल्टो लाई उल्टो र उल्टोलाई सुल्टो बनाउने दिशामा लागेकोले गर्दा ओलीको भस्मासुर प्रवृत्तिको कारण मुलुक संकटमा गएको छ ।’

मुलुकको कानून संविधान नमान्ने पार्टीको निर्णय नमान्ने पार्टीको बैठक छल्ने ओली को हो ? भनेर प्रश्न गर्दै नेता रिजालले भने, ‘अपहरणकारी भ्रष्टचारी र बलात्कारीलाई पुरस्कृत गर्ने ओली सरकार इतिहास कै नालायक भएको बताए ।’ प्रचण्ड–नेपाल पक्षमा ७० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्य हरु रहेकोले वैधानिक नेकपा यहीं हो र यसले नै सूर्य चिन्ह पाउनेमा आफुहरू ढुक्क रहेको नेता रिजालले बिताए ।

Ad

सम्बन्धित समाचारहरु

मोरङको लेटाङमा जीप दुर्घटना : एकको मृत्यु, १६ जना घाइते

मोरङ । मोरङको लेटाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । कच्चीसडक खण्डमा लेटाङबाट कुवापानीतर्फ जाँदै गरेको को १ ज ३२६२ नम्बरको जीप अनियन्त्रित भएर लेटाङ– १ अधेरीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

केपि ओलीले जनताको त्याग र बलिदानबाट प्राप्त संविधानको घाँटी निमोठे : किसान महासंघ अध्यक्ष रेग्मी

माधव खनाल, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ (अफा) का केन्द्रिय अध्यक्ष भैरहवराज रेग्मीले केपि शर्मा ओलीले जनताको संविधानको घाँटी निमोठेको आरोप लगाएका छन । राष्ट्रिय जनमोर्चाले संसदको बिघटन विरुद्ध तथा बिघठित संसदको पुर्नस्थापनाका लागि देशब्यापी रुपमा चलेको सङघर्षको कार्यक्रम अन्तर्गत शुक्रबार अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर १ मा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले सो कुरा बताएका हुन । साथै अध्यक्ष रेग्मीले बर्तमान प्रधानमन्त्री केपि शर्मा वलीले आफ्नो पार्टीको विवाद मिलाउनुको साटो जनताको हक अधिकार खोसेको आरोप समेत लगाए ।

Ad

प्रतिक्रिया दिनुहोस