# भर्खरै
Namaste Icon
Ad

दलित पत्रकार संघकाे अध्यक्षमा सुनार, उपाध्यक्षमा दर्पण दैनिकका सम्पादक केशर विश्वकर्मा

दलित पत्रकार संघकाे अध्यक्षमा सुनार, उपाध्यक्षमा दर्पण दैनिकका सम्पादक केशर विश्वकर्मा

काठमाडौं । क्रियाशील दलित पत्रकार संघ, नेपाल (एड्जोन) को अध्यक्षमा पवित्रा सुनार चयन भएकी छन् । संघको पहिलो साधारण सभा तथा अधिवेशनले सुनारको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नागरिक दैनिकमा कार्यरत पत्रकार सुनार दोश्रो कार्यकालका लागि संघको अध्यक्ष भएकी हुन् । संघको उपाध्यक्षमा केशव भुल (नेपाल प्रेस) र केशर विश्वकर्मा (दर्पण दैनिक) चयन भएका निर्वाचन समितिका संयोजक बाबुराम विश्वकर्माले जानकारी दिए ।

अन्य पद सर्वसम्मत चयन भए पनि महासचिवमा भने विश्वास खड्काथोकी र विष्णु विश्वकर्माका बीचमा चुनाव भएको थियो । जसमा थोरै मतान्तरले विश्वास खड्काथोकी (अनलाइन खबर) निर्वाचित भएका छन् । यस्तै, सचिवमा रमेश टमट्टा (रेडियो नेपाल), सन्देश परियार, धर्मसिंह विक र कोषाध्यक्षमा सिर्जना बराल (हिमालय टिभी) चयन भएका छन् ।

संस्थाको सदस्यहरुमा प्रकाश धौलाकोटी (नयाँ पत्रिका), मिलन विश्वकर्मा (अभियान दैनिक), मञ्जु टेलर (नयाँ पत्रिका), मदन विक, विष्णु परियार (नेपाल समाचारपत्र), सरिशा आछामी (काठमाडौं प्रेस), विक्रम सुनार (अर्थतन्त्र डटकम), रुपा सुनार (इमेज टिभी), मदन विश्वकर्मा र जसिन्द्र श्रीपाली चयन भएका छन् ।

संस्थाले साधारण सभाका अवसरमा अग्रज पत्रकारहरु कसमस विश्वकर्मा, प्रकाशचन्द्र परियार, बाबुराम विश्वकर्मा र गोविन्द परियारलाई सम्मान गरेको छ । उनीहरूलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले खादा र कदर पत्रद्वारा सम्मान गरेका थिए ।

कार्यक्रममा कोरोना कालमा दलित समुदायमा परेको प्रभावका विषयमा समता फाउण्डेसनले अध्ययन गरी तयार गरेको पुस्तक विमोचन भएको छ । पुस्तक सञ्चारमन्त्री गुरुङले विमोचन गरे । उनले दलित पत्रकारहरुको क्षमता वृद्धि विकास र व्यवसायिकताका लागि सहयोग पुर्याउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष भक्त विश्वकर्मा, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, समता फाउण्डेसनका अध्यक्ष प्रदीप परियार, आर्थिक पत्रकार समाजका सचिव कृष्ण रिजाल, अग्रज पत्रकार प्रकाशचन्द्र परियार र बाबुराम विश्वकर्मा लगायतले मन्तव्य राखेका थिए ।

Ad

सम्बन्धित समाचारहरु

‘संकटमा गैरआवासीय नेपालीहरुको भूमिका प्रशंसायोग्य छ’

काठमाडौं । गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन शनिबारदेखि सुरु भएको छ । भर्चुअल माध्यमबाट आइतबारसम्म चल्ने सम्मेलनमा महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी गरिएको छ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले गैरआवासीय नेपालीहरुले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताएका छन् । गैरआवाासीय नेपाली संघको विशेष साधारणसभाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले संघले संकटको बेला आफ्नो औचित्य र भूमिकालाई स्थापित गर्न सफल भएको बताएका हुन् ।

काभ्रेमा विष्फोट, बीपी राजमार्गमा सवारी अवरुद्ध

काभ्रेमा विष्फोट, बीपी राजमार्गमा सवारी अवरुद्ध

काठमाडौं । काभ्रेपलाञ्चोकको मंगलटारमा विष्फोट भएको छ । गएराति मंगलटारमा विष्फोट भएको तर बम हो हथवा अरु नै केही हो यकिन नभएको प्रहरीले बताएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस