# भर्खरै
Namaste Icon
Ad

माघीको बिदा आ–आफ्नै

माघीको बिदा आ–आफ्नै

काठमाडौं । माघीपर्वको अवसरमा कैलालीका पालिकाले आ–आफ्नै तवरले बिदा दिएका छन् । कैलालीका केही पालिकाले दुई त केही पालिकाले तीन दिन बिदाको निर्णय गरेका छन् । कैलालीको भजनी नगरपालिका, जानकी गाउँपालिकाले दुई दिन अर्थात् १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् भने कैलारी र जोशीपुर गाउँपालिकाले तीन दिन बिदा दिने निर्णय गरेका छन् । सरकारले यसअघि नै माघ १ गते सार्वजनिक बिदा दिएको निर्णय सार्वजनिक गरिसकेका बेला यहाँका केही पालिकाले थप एक वा दुई दिन बिदाको निर्णय गरेका हुन् । कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले २ गतेसम्म बिदा दिएको छ । कैलालीको कैलारी र जोशीपुर गाउँपालिकाले भने तीन दिन दिन बिदा दिएको छ । कैलारी गाउँपालिकाले पुस २९, माघ १ र २ गते गरी तीन दिन बिदा दिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले जानकारी दिए ।


यता जोशीपुर गाउँपालिकाले भने १, २ र ४ गते बिदा दिएको गाउँपालिकाका अधयक्ष रामकृष्ण चौधरीले जानकारी दिए । कैलालीका केही पालिकामा थारू बाहुल्यता भएको क्षेत्र भएकाले थारू समुदायले माघीमा तीन दिन बिदा दिनुपर्ने माग गरेका थिए । ‘एक दिन बिदा पर्याप्त भएन भनी माग गरेपछि हामीले थप दुई दिन बिदा दिने निर्णय गरेका हौँ’, जोशीपुर गाउँपालिकाका अध्यक्ष चौधरीले भने, ‘माघीमा थारू समुदायमा महत्वपूर्ण निर्णय, नयाँ कामको योजना बन्ने भएकाले हामीले बिदा थपेका हौँ ।’
थारू समुदायमा माघीको अवसरमा गाउँमा बडघर भल्मन्सा छनोट गर्ने, गाउँमा अर्को वर्ष गरिने कार्यको वार्षिक योजना बनाउने काम हुन्छ । यसका साथै समुदायका समस्याबारे छलफलसमेत हुने भएकाले यो पर्व महत्वपूर्ण रहेको टीकापुरका छेदुलाल चौधरीले बताए । ‘यो समयमा घर छुट्टिनेहरुको भागबण्डासमेत हुने चलन छ’, चौधरीले भने, ‘यो पर्वसँग धार्मिक, पारिवारिक र सामाजिक महत्व जोडिएको छ ।’

Ad

सम्बन्धित समाचारहरु

‘संकटमा गैरआवासीय नेपालीहरुको भूमिका प्रशंसायोग्य छ’

काठमाडौं । गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन शनिबारदेखि सुरु भएको छ । भर्चुअल माध्यमबाट आइतबारसम्म चल्ने सम्मेलनमा महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी गरिएको छ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले गैरआवासीय नेपालीहरुले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताएका छन् । गैरआवाासीय नेपाली संघको विशेष साधारणसभाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले संघले संकटको बेला आफ्नो औचित्य र भूमिकालाई स्थापित गर्न सफल भएको बताएका हुन् ।

काभ्रेमा विष्फोट, बीपी राजमार्गमा सवारी अवरुद्ध

काभ्रेमा विष्फोट, बीपी राजमार्गमा सवारी अवरुद्ध

काठमाडौं । काभ्रेपलाञ्चोकको मंगलटारमा विष्फोट भएको छ । गएराति मंगलटारमा विष्फोट भएको तर बम हो हथवा अरु नै केही हो यकिन नभएको प्रहरीले बताएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस