# भर्खरै
Namaste Icon
Ad

एनसेलमाथि तत्काल कर निर्धार नगर्न सर्वोच्चको अन्तरिम आदेश

एनसेलमाथि तत्काल कर निर्धार नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई एनसेलमाथि तत्काल कर निर्धारण नगर्न अन्तरिम आदेश दिएको छ। आन्तरिक राजश्व विभाग अन्तर्गतको ठूला करदाता कार्यालयले कर निर्धारणको सूचना दिएपछि दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल कर निर्धार रोकीमाग्‍न अदालत गएको छ।

एनसलका तर्फबाट रमेश घिमिरेले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले बुधबार सरकारका नाममा अन्तरिम आदेश दिएको हो । यसअघि ठूला करदाता कार्यालयले आयकर ऐन २०५८ को दफा ५७ अनुसार एनसेलको स्वामित्व हस्तान्तरणको क्रममा कर निर्धारण गर्न लागेको पूर्वसूचना कम्पनीलाई पुस १० दिएको थियो।

चार वर्ष अघि भएको एनसेलको स्वामित्व हस्तान्तरणको क्रममा पुँजीगत लाभकरको विषयमा लामो समय विवाद उत्पन्न भएको थियो। उक्त विवाद पनि सर्वोच्चमै गएर टुंगिएको थियो। सर्वोच्चको फैसलाअनुसार एनसेलले पुँजीगत लाभर तिरिसकेको छ।

Ad

सम्बन्धित समाचारहरु

‘संकटमा गैरआवासीय नेपालीहरुको भूमिका प्रशंसायोग्य छ’

काठमाडौं । गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन शनिबारदेखि सुरु भएको छ । भर्चुअल माध्यमबाट आइतबारसम्म चल्ने सम्मेलनमा महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी गरिएको छ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले गैरआवासीय नेपालीहरुले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताएका छन् । गैरआवाासीय नेपाली संघको विशेष साधारणसभाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले संघले संकटको बेला आफ्नो औचित्य र भूमिकालाई स्थापित गर्न सफल भएको बताएका हुन् ।

काभ्रेमा विष्फोट, बीपी राजमार्गमा सवारी अवरुद्ध

काभ्रेमा विष्फोट, बीपी राजमार्गमा सवारी अवरुद्ध

काठमाडौं । काभ्रेपलाञ्चोकको मंगलटारमा विष्फोट भएको छ । गएराति मंगलटारमा विष्फोट भएको तर बम हो हथवा अरु नै केही हो यकिन नभएको प्रहरीले बताएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस