Namaste Icon
Ad
Ad

प्रधानमन्त्री कप आजदेखि

प्रधानमन्त्री कप आजदेखि

काठमाडौं । आज माघ २ गते शुक्रवारदेखि चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता प्रारम्भ हुँदैछ । उक्त खेल कीर्तिपुरको क्रिकेट मैदानमा खेलिँदैछ । यो प्रतियोगिता अन्तर्गतका खेलहरु मुलपानीस्थित खेल मैदानमा पनि खेलाइने छ । यो प्रतियोगिता माघ १७ सम्म चल्ने छ ।

प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा आर्मी, एपिएफ, कर्णाली, गण्डकी र प्रदेश १ छन् । समूह बी मा पुलिस, लुम्बिनी, प्रदेश २, बागमती र सुदूरपश्चिम छन् ।

समूह चरणपछि शीर्ष दुईदुई टोली सेमिफाइनलमा पुग्ने छ । पहिलो सेमिफाइनल माघ १४ र दोस्रो माघ १५ मा हुने छ । फाइनल माघ १७ मा हुने छ । गतवर्ष माघमा सुनसरीको इनरुवामा सम्पन्न मनोमहन मेमोरियल एकदिवसिय क्रिकेट प्रतियोगितापछि यो पहिलो राष्ट्रिय प्रतियोगिता हो ।

नेपाली पुरुष क्रिकेट टोलीले अन्तिम पटक गत फागुनमा थाईल्यान्डमा एसिसी इस्टर्न रिजन टि–२० छनोट खेलेको थियो । त्यसयता भने पुरुष टोलीका खेलाडीले कुनैपनि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिएनन् ।

Ad

सम्बन्धित समाचारहरु

ब्याडमिन्टन सङ्घकाे अध्यक्षमा भट्ट

ब्याडमिन्टन सङ्घकाे अध्यक्षमा भट्ट

कञ्चनपुर । कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको अध्यक्षमा मीनराज भट्ट निर्वाचित भएका छन् । आज सङ्घको १३ औँ अधिवेशनबाट महेन्द्रनगरका भट्ट निर्वाचित भएका हुन् । अध्यक्ष पदका लागि भएको निर्वाचनमा प्रतिद्वन्दी रवीन्द्र केसीलाई ३४ मतले पराजित गर्दै उनी निर्वाचित भएका छन् । कूल खसेको १२४ मतमा भट्टले ७९ र केसीले ४५ मत प्राप्त गरेका निर्वाचन अधिकृत हरकसिंह धामीले जानकारी दिए ।

स्याङ्जाको हरिनास गैराखोलामा खुल्ला स्तरीय भलिबल प्रतियोगिता हुँदै

खगेन्द्र हमाल, स्याङ्जा । जिल्ला हरिनास गाउँपालिका ६ गैराखोलामा खुल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । विगतको वर्ष जस्तै यस वर्ष पनि प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गतेदेखि स्याङ्जाको हरिनास गाउपालिका वडा नं ६ क्याक्मी गैराखोलामा साविकको वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुनेभएको छ । यसका साथै विविध सांस्कृतिक कार्यक्रम पनि हुने किरण मानन्धरले जानकारी दिए ।

Ad

प्रतिक्रिया दिनुहोस