प्रचण्डमाथि खनिए प्रभु शाह, ‘पदको लागि विचार र एजेण्डा सबै छाड्ने नेता हुन प्रचण्ड'

काठमाडौं । शहरी विकास मन्त्री प्रभु शाहले प्रचण्डले पदको लागि माओवादी आन्दोलन बेचेको आरोप लगाएका छन्। नेकपाको प्रदेश नम्बर १ को प्रधानमन्त्री केपी शर्मा ओली पक्षको अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
प्रचण्डले आफ्नो पदभन्दा बाहिर जान नसकेको बताए। ‘उहाँले पदको लागि माओवादी आन्दोलन बेचे, अहिले कम्युनिस्ट आन्दोलन पनि धरापमा पुर्याएका छन’ उनले भने, ‘प्रचण्डले पद संकटमा परेपछि आफ्नो विचार र एजेण्डा सबै छाड्ने प्रवृत्ति छ।’
कम्युनिस्ट पार्टी प्रचण्डमुक्त बनाउन आवश्यक रहेको समेत बताए। ‘कम्युनिस्ट आन्दोलन सफल हुने बेलामा उहाँहरुले पदकै लागि असफल बनाउन खोज्नुभयोु उनले भने, ुदेश गम्भीर संकटमा पुगेको छ।’
पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनालले पदको लोभले पार्टीमा बिग्रह सिर्जना गरेको दाबी गरे। प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव दर्ता गराउनका लागि कृत्य हस्ताक्षर गरेको आरोप लगाए। ‘अविश्वासको प्रस्तावमा मेरो पनि हस्ताक्षर छ। असारमा एउटा प्रयोजनका लागि उठाइएको थियो। आफ्नै सरकारलाई अविश्वासको प्रस्तावमा हालिएछ’ उनले भने।
काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि संंकटमा परेका प्रचण्ड-माधव पक्षले अन्ततः एमाले र माओवादी अलग-अलग भएर जाने निर्णय गरेका छन् ।
काठमाडौं । सर्वोच्च अदालतले साविकको नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएपछि माधव-झलनाथ पक्ष एमालेमै फर्किने भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि माधवकुमार नेपाल-झलनाथ खनाल समूह पुष्पकमल दाहाल ‘प्रचण्ड’समूहमा लागेर सडक आन्दोलनमा पुगेका थिए। सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरेको छ। यसले नेकपाको एकीकरणलाई खारेज गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पूर्ववत् रूपमा जगाएको छ ।