Namaste Icon
Ad
Ad

चुनावमा जान डराउनेलाई किन चाहियो चुनाव चिह्‍न ?

चुनावमा जान डराउनेलाई किन चाहियो चुनाव चिह्‍न ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई चुनावमा नजाने भएपछि चुनाव चिह्न किन चाहियोरु भनेर प्रश्न गरेका छन्। आफू निकटका प्रदेश १ का कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘उहाँहरू अध्यक्ष र महासचिवलाई थाहै नदिई निर्वाचन आयोग पुगेका रहेछन्। अहिले सरकारले निर्वाचनमा तोकेपछि डराइराख्नुभएको छ। चुनावमै जान नमान्‍ने भएपछि चुवान चिह्न किन चाहियो ?’ उनले भने।

उनले सूर्य चुनाव चिह्न चाहिने भए पार्टीको बैठकमा आउन आग्रह गरेका छन्। ‘अहिलेसम्म प्रचण्डले सूर्य चिह्‍नमा चुनाव लडेको छैन। सूर्य चिह्न चाहिन्छ भने बैठकमा आउनुस्’ उनले भने। पार्टीमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायत सबै नेताहरुको पद यथावत् रहेको पनि बताए।

Ad

सम्बन्धित समाचारहरु

'केपी ओलीले मेरो अध्यक्ष पद खोस्न सक्दैनन'

'केपी ओलीले मेरो अध्यक्ष पद खोस्न सक्दैनन'

काठमाडाैं । प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले आफ्नो अध्यक्ष पद खोस्न नसक्ने टिप्पणी गरेका छन् । संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले नेकपाको अध्यक्षको जिम्मेवारी केपी ओलीले खोसेर नखोसिने प्रतिक्रिया दिएका हुन् ।

एमाले र माओवादी केन्द्र ब्युँतिए, अब के गलार्न नेताहरू ?

एमाले र माओवादी केन्द्र ब्युँतिए, अब के गलार्न नेताहरू ?

काठमाडौं । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेलगत्तै नेपाल कम्युनिस्ट पार्टी र माओवादी केन्द्र ब्युँतिएका छन् । आज सर्वोच्च अदालतको फैसलाले स्पष्ट रुपमा पुरानो अवस्थामै फर्कने गरी उल्लेख गरेपछि ब्युँतिएको हो । सर्वोच्चको फैसलामा भनिएको छ,‘निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी एकिकृत माक्र्सवादी लेनिनवादी र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साबिक कै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकिकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धि ऐन तथा नियम विपरित नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शिघ्र कानून बमोजिम आवश्यक निर्णय गर्नु गराउनु भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ ।’

Ad

प्रतिक्रिया दिनुहोस