Namaste Icon
Ad
Ad

पनौतीमा पनि कांग्रेसको बिरोध प्रदर्शन

पनौतीमा पनि कांग्रेसको बिरोध प्रदर्शन

काभ्रे । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक पनौती नगरपालिकाद्रारा आयोजित बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । काभ्रे प्रदेश ‘ख’ द्वारा आयोजित सरकारले गरेको असंवैधानिक , अलोकतान्त्रिक, सर्वसत्तावाद र भ्रष्टचार विरूद्धमा पनौती बस पार्क देखि बिरोध प्रदर्शन गरेको थियो ।

सो समारोहमा सभाका सभापति तथा नगर सभापति रामप्रसाद भण्डारी प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रमेश लेखक, बिशिष्ट अतिथि नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको सभापति मधु आचार्य, संघिय सभापति तथा पूर्व सांसद तिर्थ लामा तथा अथितिहरू इन्द्रमणी अधिकारी संगठन बिभागको सदस्य तिर्थ पसखल पूर्व सांसद कमला थापा उपसभापति गोबिन्द थापा , लगायत भातृ तथा शुवेछुक संघसस्थाका पदाधिकारीहरूको उपस्थितमा बिरोध सभा सम्पन्न गरेको थियो ।

सो बिरोध सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रमेश लेखकले सरकारले गरेको गैरजिम्मेवारी कार्य प्रति गम्भीर आपत्ति जनाए । नेपाल कम्युनिष्ट पार्टी जनताको पार्टी कहिले नहुने स्पष्ट पारेका छन् । साथै जिल्ला सभापति मधु आचार्यले कम्युनिष्ट पार्टीलाई ब्यङ्ग्य प्रहार गर्दै नेपाली जनताको लागि दिएको सबै आस्वासन झुठो सावित भएको प्रस्ट गरेको थियो ।

यसैगरी कांग्रेस नेता तिर्थ लामाले नेपाल र नेपालीको हितमा जुन कार्य हुन्छ त्यो केवल नेपाली कांग्रेसबाट मात्र सम्भव हुने स्पष्ट पारे । जनताले बनाएको प्रतिनिधि सभा जस्तो गरिमामय सभालाई बिगठन गर्नुमा नेपाल कम्युनिष्ट पार्टीले जनताको बिरोधी कार्य गरेको आरोप लगाउँदै नेता लामाले कम्युनिष्ट पार्टीको झुठो आस्वासनमा नफस्न र पुनः सचेत हुन सबैलाई आग्रह गरे । यसैगरी संगठन बिभागको केन्द्रीय सदस्य तिर्थ पसखलले पनि बिरोध प्रदर्शन गर्न नेपाल कम्युनिष्ट पार्टीले बाध्यता बनाएको आरोप लगाएका छन् ।

Ad

सम्बन्धित समाचारहरु

नारी दिवसमा ललितपुरमा साईकल र्याली

नारी दिवसमा ललितपुरमा साईकल र्याली

रशिला भण्डारी,ललितपुर। मार्च ८ अर्थात १११ औं अन्तर्राष्ट्रिय महिला दिबसको अबसर पारी 'महिला सशक्तीकरणको लागि पुरुषको सहभागिता अपरिहार्य' भन्ने सन्देश सहित साइकल र्याली सम्पन्न गरिएको छ ।

‘ओली र बादलको मादल चाहिं राम्रैसँग फुट्यो’ – नेता रिजाल

‘ओली र बादलको मादल चाहिं राम्रैसँग फुट्यो’ – नेता रिजाल

सुनसरी । नेकपाको केन्द्रीय संघर्ष समिति सदस्य रामप्रसाद रिजालले सर्वोच्च अदालतले एकीकरणलाई मान्यता नदिएको नभई एकता पछिको नामलाई मात्र मान्यता नदिएको तर्क गरेका छन । नेता रिजालले बहुमत केन्द्रीय सदस्य हरुको हस्ताक्षरबाट पार्टीको नामकरण हुने बताए । आकाशै खसे जस्तो केही भएको छैन भन्दै उनले बहुमत नपुगे पछि ओली र बादलहरुको मादल चाहिं राम्रै संग फुटेको उल्लेख गरे ।

Ad

प्रतिक्रिया दिनुहोस