Namaste Icon
Ad
Ad

ओली छलकपट र जालझेली गर्नमा माहिर : प्रचण्ड

ओली छलकपट र जालझेली गर्नमा माहिर : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपि शर्मा ओली ओली छलकपट र जालझेली गर्नमा माहिर भएको टिप्पणी गरेका छन । प्रचण्ड–नेपाल समूहको निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पार्टीभित्र देखिएको विवाद पदको लागि नभएको स्पष्टीकरण दिंदै उनले ओलीको कारण समस्या आएको बताए ।

‘अहिले पार्टीभित्रको विवादलाई लिएर पदसँग जोडिएर हेर्ने गरिएको छ। तर, यो विवाद पदको लागि होइन। विधि र विधानको मात्रै हो’ उनले भने। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय नमानेर संकटको अवस्था आएको उनले बताए। ‘पार्टीभित्रको समस्याको बिषयमा छलफल नै नगर्ने बहुमतको निर्णय पनि नमान्ने भन्नुभयो। त्यसैले उहाँलाई बहुमतको साथ हटाइएको हो’ उनले भने, ‘ओलीकै कारणले अहिलेको अवस्था आइरह्यो।’

‘दुुई अध्यक्षको समान अधिकार भएको भएपनि उहाँले मलाई मलाई प्रथम अध्यक्ष मान्दिनुहोस् भन्नुभयो। मैले सहजै माने। मेरो गल्ती त्यही भयो। तर, उहाँले अलि पछि पुगेपछि सँगै बसेको पाइलटलाई पछि हट्नुहोस् भनेर जिद्दी गर्नु थाल्नुभयो’ उनले भने, ‘त्यही विषयलाई लिएर अहिलेको अवस्था आयो।’ ओली छलकपट र जालझेली गर्नमा माहिर भएको दाबी गरे। पार्टीको सहमति र पार्टीभित्रको विधान हेरेपछि सबै कुरा स्पष्ट हुने दाबी गरे।

 

Ad

सम्बन्धित समाचारहरु

'केपी ओलीले मेरो अध्यक्ष पद खोस्न सक्दैनन'

'केपी ओलीले मेरो अध्यक्ष पद खोस्न सक्दैनन'

काठमाडाैं । प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले आफ्नो अध्यक्ष पद खोस्न नसक्ने टिप्पणी गरेका छन् । संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले नेकपाको अध्यक्षको जिम्मेवारी केपी ओलीले खोसेर नखोसिने प्रतिक्रिया दिएका हुन् ।

एमाले र माओवादी केन्द्र ब्युँतिए, अब के गलार्न नेताहरू ?

एमाले र माओवादी केन्द्र ब्युँतिए, अब के गलार्न नेताहरू ?

काठमाडौं । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेलगत्तै नेपाल कम्युनिस्ट पार्टी र माओवादी केन्द्र ब्युँतिएका छन् । आज सर्वोच्च अदालतको फैसलाले स्पष्ट रुपमा पुरानो अवस्थामै फर्कने गरी उल्लेख गरेपछि ब्युँतिएको हो । सर्वोच्चको फैसलामा भनिएको छ,‘निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी एकिकृत माक्र्सवादी लेनिनवादी र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साबिक कै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकिकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धि ऐन तथा नियम विपरित नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शिघ्र कानून बमोजिम आवश्यक निर्णय गर्नु गराउनु भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ ।’

Ad

प्रतिक्रिया दिनुहोस