रक्ष कुमार राईले राखे गिनिज बुक अफ वल्र्ड रेकर्डमा नयाँ किर्तिमानी

काठमाडौं । रक्ष कुमार राईले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नयाँ किर्तिमानी राखेका छन् । ‘द मोस्ट हिट्स अफ अ टेनिस बल विद् अ टेनिस र्याकेट ह्यान्डल इन् वन मिनेट’ मा उनले किर्तिमानि राखेका हुन् । टेनिस र्याकेट ह्यान्डलले टेनिस बललाई एक मिनेटसम्म बल खेलाएर किर्तिमान राखेका हुन् । । सुन्दरीजल रिसोर्टमा आईतबार प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य गजेन्द्र भगत विशिष्ट अतिथि ब्रोडकाष्टिङ एसोसिएसन नेपाल बानका केन्द्रीय कोषाध्यक्ष नवीन राई नेपाल पत्रकार महासंघ उदयपुर शाखा अध्यक्ष भरत खड्का फ्याल्यस टेनिस एकेडेमीका अध्यक्ष श्रवण कार्की, फोटो पत्रकार संघका केन्द्रीय महासचिव हरि रेग्मी, राष्ट्रिय उपभोक्ता महासंघका काठमाडौ अध्यक्ष मदन श्रेष्ठ, फ्रन्टलाईनका नरेन्द्र रौले एपिन्यूज यात्राका संचालक रोहित भण्डारी विश्व अपांग साईल यात्री चित्र पौेडेल लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसअघि स्पेनका नागरिक कृष्टियन रोबर्टोले सन् २०२० मा द मोस्ट हिट्स अफ अ टेनिस बल विद् अ टेनिस र्याकेट ह्यान्डल इन् वन मिनेट शिर्षकमा विश्व किर्तिमानि राखेका थिए । ‘देशका निमित्त हामी निरन्तर लागि रहेका छौं ।’ रक्ष कुमारले भने, ‘यो किर्तिमानीले उत्साह थपेको छ ।’ यस्तै वल्र्ड रेकर्ड फाउन्डेसन नेपालका अध्यक्ष चित्रकुमार कार्कीले आज राखेको रेकर्डले सबैमा उत्साह छाएको बताए । आउने प्रतिभाहरुलाई आर्थिक, नैतिक, भौतिक लगायत सबै प्रकारको सहयोग तयार छौं । कार्कीले लामो समय देखिन विश्व कीर्तिमान राख्न तत्पर नयाँ प्रतिभालाई सहयोग गर्दै आएको बताएका छन् ।
काठमाडौं । फागुन २१ गते देखि २८ गते सम्म हिन्दु तथा बौद्ध धर्मका गुरुहरुद्वारा एक हप्तासम्म धार्मिक प्रवचन कार्यक्रम हुने भएको छ । महाशिवरात्रीको अवसर पारेर मच्छिन्द्रनाथ मन्दिर क्षेत्र वातावरण सुधार एवम व्यवस्थापन गर्ने र विश्वमा फैलिएको कोरोनाको कारण दिवंगत भएका मनिसहरुको चिरशान्ती साथै सङ्क्रमितहरुको शिघ्रस्वस्थ लाभको कामनासहित उक्त प्रवचन कार्यक्रम गर्न लागिएको हो ।
काठमाडौं । परिवर्तनको लागि मानव समाज नेपाल सँस्थाले नयाँ कार्यसमिति चयन गरेको छ । उक्त सँस्थाले साधारणसभा गरेर नयाँ कार्यसमिति चयन गरेको हो । सँस्थाको नयाँ कार्यसमितिमा अध्यक्ष कृष्णहरि पुडासैनी, उपाध्यक्ष मन्जु श्रेष्ठ, महासचिव राजु कार्की, सचिव विश्वराम ढलाकोटी, कोषाध्यक्ष संगिता विश्वर्कमा (सुन्दास) रहेका छन ।