Namaste Icon
Ad
Ad

सत्ताको चरम दुरुपयोग र आर्थिक चलखेलमा मुख्यमन्त्री राई

सत्ताको चरम दुरुपयोग र आर्थिक चलखेलमा  मुख्यमन्त्री राई

राम प्रसाद रिजाल l प्रदेश १ मा नेकपाका बहुमत प्रदेश सांसद हरुले प्रदेशका मुख्यमंत्री शेरधन राईको विरुद्ध अविश्वास को प्रस्ताव ३७ जनाको हस्ताक्षर सहित प्रदेश सभामा दर्ता गरिसकेका छन र मुख्यमन्त्रीमा भीम आचार्यको नाम प्रस्तावित गरेका छन । भोली माघ ७ गते प्रदेश सभा को हिउँदे अधिवेशन आव्हान गरिएको छ, तर ओली पक्षका मुख्यमन्त्री राईले सत्ता र शक्तिको दुरुपयोग गर्दै भीम आचार्य पक्षका प्रदेश सांसदहरु जसमाया गजमेर गोपाल बुढाथोकी, श्रीप्रसाद मैनाली, कला घले लगाएतलाई सत्ताको चरम दुरुपयोग तथा आर्थिक चलखेल गरि आफ्नो पक्षमा पार्न राई लागिपरेको स्रोतले बताएको छ । त्यही आर्थिक चलखेलले गजमेर, बुढाथोकी, मैनाली र घलेले अविश्वासको प्रस्तावको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिएको बुझ्नमा आएको छ ।

प्रदेश १ मां नेकपाका ६५ जना सांसद हरु छन । जम्मा ९३ जना सांसद हरु भएको यो प्रदेशः मा सरकार बनाउन ४७ जना सांसद आवाश्यक छ । ओलीले संघीय संसद विघटन गरेपछि नेकपा प्रचण्ड–माधव पक्ष नेकपा नेपाली कांग्रेस जनता समाजवादी लगाएतका प्रमुख दलहरु ओलीको असंवैधानिक कदमको विरूद्ध शशक्त ढंगले सडकमा उत्रिएकाले गर्दा मुख्यमन्त्री राई अल्पमत परिसकेकोले गर्दा नेकपाका स्थायी कमिटी सदस्य १ नम्बर प्रदेश ईन्चार्ज शालीन व्यक्तित्व का धनी भीम आचार्य मुख्यमंत्री हुने पक्का भईसकेकोले केही दिन भित्रैमा आचार्य मुख्यमंत्री हुने निश्चित छ ।

आचार्यको लामो राजनैतिक अनुभवलाई प्रदेशको विकासमा लगाउन सके प्रदेश १ लाई नेपाल कै नमुना प्रदेश बनाई संघियतालाई नै बलियों बनाउन सकिन्छ । मुलुक संघियतामा गए पछि हाल हामीकहाँ सात वटा प्रदेश सरकारले काम गरिरहेकोमा ६ वटामा नेकपाको नेतृत्वको सरकार भएता पनि प्रदेश नम्बर १ को नेतृत्वमा प्रश्न उठेको छ । यो प्रदेशका मुख्यमन्त्री शेरधन राईको अपरिपक्व नेतृत्वले गर्दा प्रदेशको विकास निर्माणले गति लिन नसकेको अवस्था छ ।

हिजोको निर्वाचनमा प्रदेश इन्चार्ज तथा नेता भीम आचार्यको अहोरात्र खटाईले १ नम्बर प्रदेशमा तीनै तहको चुनाव स्थानीय प्रदेश र केन्द्रमा अहिलेको नेकपालाई पहिलो तथा बलियों शक्ति को रुपमा उदय भएको थियो । अहिले सम्म यो प्रदेश को नाम राख्न नसक्नुमा मुख्यमन्त्री राईको कमजोरी रहेको बुझिन्छ ।

नेता आचार्यले कोरोनाको महामारीमा पनि आफ्नो ज्यानलाई जोखिममा राखी राहत वितरण मा रात–दिन खटेको कुरा चानचुने छैन । त्यति मात्र होइन वाढीपिडीत हरुको घर आगनमा पुगेर अथवा कटान क्षेत्र मै गएर राहात वितरण तथा पुनर्स्थापित गर्नु भएको छ ।

पूर्वमन्त्री तथा नेता आचार्यको कुशल संगठन गर्न सक्ने क्षमताले आज नेकपा देशब्यापी रुपमा शशक्त पार्टी को रुपमा अगाढी बढीरहेको छ । आचार्य मुख्यमन्त्री बनेपछि प्रदेशले एउटा क्षमतावान कुशल योजनाकार अनुभवी राजनीतीज्ञ परिपक्व अभिभावक पाउनाले अहिले प्रदेशमा देखापरेका सबै समस्याहरु हल हुने १ नम्बर प्रदेशबासीको मत रहेको पाईन्छ । हालका नेकपा का शीर्ष नेताहरु केपी शर्मा ओली माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौंतम, सुवास नेम्वाङ्ग का आचार्य समकालीन हुन ।

 

Ad

सम्बन्धित समाचारहरु

लोक बागीना गहना होइन राष्ट्रको जीवन हो !

लोक बागीना गहना होइन राष्ट्रको जीवन हो !

ओम भण्डारी l अत्याचारको पहिलो बिरोध बाजा, गीत र नाचले गर्छ, कला र साहित्यले गर्छ। दुःख, सुख, हाँसो र रोदन शुरूमा यीनैले प्रकट गर्छन। मान्छेबाट सर्बस्व लुटियो भने पनि यी सम्पती मान्छेसँगै सुरक्षित हुन्छ र यीनलाई आपतमा जीवन जीउने र जोगाउने हतियारको रूपमा पनि प्रयोग गर्न सकिन्छ । अरू हतियार शत्रुले खोसे पनि यी मुर्त–अमुर्त हतियार खोस्न सक्दैन । सबै द्रब्य खोस्ला तर यो सम्पती खोस्न सक्दैन।

माझीबस्ती : यथार्थ र भ्रम

माझीबस्ती : यथार्थ र भ्रम

अहिलेका केहि दिनहरुमा निर्माणाधिन माझी बस्ती र श्वेताश्री फाउण्डेशन लाई जोडेर केहि मिडिया मार्फत भ्रामक समाचारहरु सम्प्रेषण भई रहेका छन् । 'श्वेताले माझी बस्तीबाट हात झिकिन्' शिर्षकका ति भ्रामक समाचारहरुसंगै माझी बस्तीका केहि ब्यक्तिहरुसंग लिएको अन्तर्वार्तालाई इडिट गरेर एकिकृत बस्ती निर्माणको परियोजनालाईनै असर पर्ने खालका नकारात्मक सुचनाहरु सम्प्रेषित भईरहेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad