Namaste Icon
Ad
Ad

कम्युनिस्टले देश बर्बाद गरेको भन्दै नेकपा ओखलढुंगाका दर्जनौं नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

कम्युनिस्टले देश बर्बाद गरेको भन्दै नेकपा ओखलढुंगाका दर्जनौं नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

ओखलढुंगा । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ०२ हुलाक चौरमा आयोजित पार्टी प्रवेश तथा नेता–कार्यकर्ता भेटघाट कार्यक्रममा चन्द्रबहादुर खड्का सहित ३७ जना नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेको छ । नवप्रवेशीहरु लाई पूर्व सांसद तथा कांग्रेसका प्रभावशाली युवा नेता रामहरी खतिवडाले स्वागत गरे । नेता खतिवडाका स्वकीय सचिव हुकुम राईका अनुसार कार्यक्रममा पार्टीका जिल्ला सभापति प्रदिपकुमार सुनुवार, जिल्ला उप–सभापति तेजेन्द्र खनाल, युवा नेता अशोक कार्की जिल्ला कार्यसमिती सदश्य रामचन्द्र बोगटी, राजन सुवेदी, सर्वधन तामाङ लगायतका नेता कार्यकर्ताको बाक्लो उपसिथति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सांसद तथा नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरी खतिवडाले कमयुनिस्टहरु ले सबै बुथहरुमा मुन्द्रेहरु राखेर भोट दिने हाम्रो जनताहरुलाई आखा देख्दैन भन्दै सबै आफैले भोट हालेकोले कांग्रेसले हारेको आरोप लगाए । उनले भने, ‘गठबन्दनको नाममा २ तिहाईको सरकार नजिक जितेको कमनिस्टहरु ले २ बर्ष पनि सरकार चलाउन सकेनन्, अहिले एकले अर्कोलाई भ्रष्टाचारि, हत्यारा भन्दै उफ्रिराछन ।’ उनले राणा र राजा फालेर देशलाई संविधान दिएको कांग्रेसले मुलुक निर्माणको लागि तथा देशलाई सहि बाटोमा हिडाउन अब सबै साथ र संँगै रहनु पर्ने बताए ।

जनताले गलत ठाउँमा मतदान गर्दा अहिले संसद विघटन भएको कांग्रेस नेता खतिवडाले उल्लेख गरे । ‘ओली र कम्युनिस्टहरूले सरकार चलाउन सकेनन् । जनताले निर्वाचित गरेको संसदको हत्या भएको छ’, खतिवडाले भने, ‘कम्युनिस्टलाई संस्कार सिकाउँछौँ भनेका थियौँ । संसदीय व्यवस्था नमान्नेलाई संसदवादी बनायौँ । शिक्षक मार्नेलाई संसदमा लग्यौँ । ओली र नेकपाले संसद विघटन गरेर जनतामाथि ठूलो घात गर्नुभएको छ ।’

कांग्रेस जिल्ला सभापति प्रदिप कुमार सुनुवारले कमनिस्टहरु जाल र झेल गर्न सिपालु भएकोले ढाटेर झेली गरेर जितेको आरोप लगाए । नेपालको बिकास निर्माणको बाधक कमनिस्ट भएको बताए र नेपालको कमनिस्ठहरु सबै नक्कली हुन मैले मात्र भनेको होइन विश्वको शक्ति राष्ट्र चाइनाले समेत अस्ति घोषणा गरेको बताए । घर–घर बस्ती बस्तीबाट नलखेटि देश नबन्ने समेत उनले बताए ।

आफू नेकपाबाट प्रवेश गरेको बताउदै नेता चन्द्रबहादुर खड्काले कम्युनिष्ट पार्टीको लागी धेरै दुःख गरियो तर कमनिस्टहरु ले राज्य चलाउदा अराजकता निम्त्याएको, नातावाद कृपावाद गरेको तथा जनतालाई ढाँटेको भन्दै दिक्क भएर कांग्रेस प्रवेश गरेको बताए ।

 

Ad

सम्बन्धित समाचारहरु

'केपी ओलीले मेरो अध्यक्ष पद खोस्न सक्दैनन'

'केपी ओलीले मेरो अध्यक्ष पद खोस्न सक्दैनन'

काठमाडाैं । प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले आफ्नो अध्यक्ष पद खोस्न नसक्ने टिप्पणी गरेका छन् । संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले नेकपाको अध्यक्षको जिम्मेवारी केपी ओलीले खोसेर नखोसिने प्रतिक्रिया दिएका हुन् ।

एमाले र माओवादी केन्द्र ब्युँतिए, अब के गलार्न नेताहरू ?

एमाले र माओवादी केन्द्र ब्युँतिए, अब के गलार्न नेताहरू ?

काठमाडौं । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेलगत्तै नेपाल कम्युनिस्ट पार्टी र माओवादी केन्द्र ब्युँतिएका छन् । आज सर्वोच्च अदालतको फैसलाले स्पष्ट रुपमा पुरानो अवस्थामै फर्कने गरी उल्लेख गरेपछि ब्युँतिएको हो । सर्वोच्चको फैसलामा भनिएको छ,‘निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी एकिकृत माक्र्सवादी लेनिनवादी र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साबिक कै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकिकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धि ऐन तथा नियम विपरित नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शिघ्र कानून बमोजिम आवश्यक निर्णय गर्नु गराउनु भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ ।’

Ad

प्रतिक्रिया दिनुहोस