Namaste Icon
Ad
Ad

अक्सिजन प्लान्टका लागि पाटन अस्पताललाई ललितपुर महानगरको १ करोड सहयोग

अक्सिजन प्लान्टका लागि पाटन अस्पताललाई ललितपुर महानगरको १ करोड सहयोग

ललितपुर । ललितपुर महानगरपालिकाले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड प्रदान गरेको छ । महानगरपालिकाद्धारा मंगलबार आयोजित कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनले मंगलबार पाटन अस्पतालका निर्देशक रवि शाक्यलाई चेक हस्तान्तरण गरे । चेक हस्तान्तरणअघि नगरप्रमुख महर्जन र शाक्यले सम्झौता पत्रमा हस्ताक्षर रहेका थिए ।

कार्यक्रममा ललितपुरका प्रमुख महर्जनले कोभिडका बेला पाटन अस्पतालले उत्कृष्ट काम गरेको बताउँदै त्यसको सम्मान गर्न सहयोग गरेको बताए । पाटन अस्पताल ललितपुर महानगरपालिका भित्र हुनु गौरव कुरा भएको बताउँदै उनले भने, ‘नेपाल सरकारले अन्य स्थानीय तहलाई अस्पताल बनाउन आर्थिक सहयोग गर्दा ललितपुर महानगरपालिकालाई सहयोग गरेन, सहयोग नगर्नुको कारण राम्रो सेवा पुर्याईरहेको अस्पताल पाटन अस्पताल ललितपुर महानगरमा छ भनेर नै हो , पाटन अस्पतालले राम्रो सेवा पु¥याउने राम्रो अस्पताल छ भनेर नै हो । ’

नगरप्रमुख महर्जनले पाटन अस्पताल महानगरको आफ्नै अस्पताल भएको बताउँदै घनिभूत रुपमा सहकार्य गर्न आत्तुर भएको धारणा राखे । उनले भने, ‘यो सहकार्यको प्रस्थान विन्दु हो, यो श्रीगणेशायनम: हो । ’ पाटन अस्पताल ललितपुरवासीको मात्रै अस्पताल नभएको बताउँदै ७७ वटै जिल्लाका सर्वसाधारण यहाँ उपचार गर्न आउने प्रमुख महर्जनले बताए ।

महानगरका उपप्रमुख गीता सत्यालले पाटन अस्पताल महानगरपालिकाको गहना अस्पताल भएको बताउँदै मुलुकका उच्चदेखि निम्नवर्गले सर्वसुलभ ढंगबाट उपचार गर्न सक्ने बताइन् । उनले अस्पताललाई महानगरले गरेको यो सहयोग साधारण भएको बताउँदै सहयोग गरेर एउटा इँटा थपेको स्पष्ट पारिन् । यस्तै अस्पतालका निर्देशक डा. रवि शाक्यले पाटन अस्पतालले मुख्यगरी कोभिड बेला गरेको कामलाई ललितपुर महानगरपालिकाले सम्मान गरेको बताउँदै यसले हौसला मिलेको बताए । उनले यसलाई महानगरपालिकाले गरेको सहयोग नभिन उपहार भन्न अनुरोध गरे । उनले भने, ‘ उपहार भनेको सानो ठूलो हुँदैन, त्यहाँ मूल्यको कुरा हुँदैन, त्यसको अलगै अर्थ हुन्छ राम्रो काम गरेर स्यावासी पाएको रुपमा लिएको छु । ’यो स्वास्थ्य क्षेत्र र स्थानीय तहबीच गर्न सकिने सहकार्यको राम्रो उदाहरण भएको डा निर्देशकले बताए । यसको अनुकरण अन्यत्र पनि हुनुपर्ने धारणा व्यक्त गरे ।

पाटन अस्पताल सिमिति स्रोत साधानमा चलेको अस्पताल भएको बताउँदै कोभिडका संक्रमित धेरै आएका बेला दश बर्ष पुरानो अक्सिजन प्लान्ट बिग्रेकाले अक्सिजन सिलिण्डर खरिद गर्नुपरेको स्मरण गरे । उनले भने , ‘दिनमा तीनसय वटा अक्सिजन सिलिण्डर खपत हुने गरेको बताउँदै मासिक तीस लाखसम्मको अक्सिजन सिलिण्डर खरिद गरेका थियौं , अहिले पनि खरिद गररे नै चलाइरहेका छौं । ’ निर्देशक रवि शाक्यले भने । शाक्यले असार मसान्तसम्म अक्सिजन प्लान्ट स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा सामाजिक विकास सिमितका संयोजक तथा वडा नं २४का वडा अध्यक्ष दिनेश कार्कीले पाटन अस्पतालले कोभिड संक्रमितको बिरामीको उपचारमा प्रसंसनीय काम गरेको बताए । उनले पाटन अस्पतालमा ७७ जिल्लाका सर्वसाधारण उपचार गर्न आउने भएकाले पाटनलाई ललितपुर महानगरले सहयोग गरेको स्पष्ट पारे ।

अस्पतालका मेडिकल डाइरेक्टर इम्रान अन्सारी, प्रशासकीय अधिकृत तीर्थराज भूजेल, लिलाराज भुजेलको त्यहाँ उपस्थिति थियो । साथै कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विण्णुप्रसाद कोइराला , २९वटै वडाका वडा अध्यक्षहरु, महाशाखाप्रमुख, सल्लाहकारहरु सहभागी थिए ।

Ad

सम्बन्धित समाचारहरु

ललितपुरका थप १२ विद्यालयले यस वर्ष नर्स पाउने

ललितपुरका थप १२ विद्यालयले यस वर्ष नर्स पाउने

सन्तोष दहाल, ललितपुर। शिक्षण संस्थाबाट स्वस्थ नागरिक उत्पादन गर्ने उद्देश्यले बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले सुरु गरेको एक विद्यालय एक नर्स अभियान ललितपुर जिल्लामा पनि प्रभावकारी बन्दै गईरहेको छ। गत वर्ष जिल्लाका विभिन्न ५ विद्यालयमा परेको उक्त कार्यक्रमा यस वर्ष थप १२ विद्यालयले पाउने भएका छन्।

सेमेष्टर शुल्क छुट सहितका चारबुँदे माग राख्दै हिलसाईड कलेजमा संयुक्त विज्ञप्ति बुझाईयाे

काभ्रे । नेपाल विद्यार्थी संघ हिलसाईड कलेज अफ इन्जिनियरिङ्गको नेतृत्वमा हिलसाईड कलेज अफ इन्जिनियरिङ्गमा विद्यार्थीलाई सेमेष्टर शुल्क छुट सहित चारबुँदे माग राख्दै संयुक्त विज्ञप्ति बुझाईएको छ । नेविसंघका नेता योगेश मोक्तानको नेतृत्वलाई ऐक्यबद्धता जनाउँदै अखिल (क्रान्तिकारी) हिलसाईड कलेज अफ इन्जिनियरिङ्ग ईकाई अध्यक्ष दिनेशचन्द्र जोशी र मेस (हिलसाईड कलेज अफ इन्जिनियरिङ्ग ईकाई) सचिव सञ्जय यादवद्वारा उक्त कलेजका एकेडेमिक कोर्डिनेटर धुर्व थापालाई संयुक्त विज्ञप्ति बुझाएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad