Namaste Icon
Ad
Ad

महिला लिग आजबाट : आर्मी र पुलिस भिड्ने

महिला लिग आजबाट : आर्मी र पुलिस भिड्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजबाट राष्ट्रिय महिला लिग सुरु हुँदैछ । महिला लिगको उद्घाटन खेल दशरथ रंगशालामा दिउँसो २ बजे हुनेछ । एन्फाले निकालेको पहिलो चरणको खेल तालिका अनुसार उद्घाटन खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन ।

पहिलो पटक बृहत रुपमा आयोजना गर्न लागेको महिला लिगको उद्घाटन खेलमा एन्फाले दर्शकलाई निशुल्क प्रवेशको सुविधा दिएको छ । उद्घाटनपछिका अन्य खेलहरु भने एन्फाको मैदान सातदोबाटोमा हुनेछन । पहिलो पटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा ७ टोलीको सहभागीता रहेको छ ।

तीन विभागीय टोली शसस्त्र प्रहरी बल एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब० सहित चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन । महिला लिग पहिलो पटक नयाँ ढाँचामा आयोजना हुन लागेको हो ।

यस पटकको महिला लिगमा सहभागी टोलीले ४ विदेशी खेलाडी समेत राख्न पाउनेछन । प्रतियोगितोको विजेता टोलीले १० लाख प्राप्त गर्दा दोस्रोले ८ लाख , तेस्रोले ५ लाख , तथा चौथो टोलीले ३ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार प्राप्त गर्नेछन ।

Ad

सम्बन्धित समाचारहरु

ब्याडमिन्टन सङ्घकाे अध्यक्षमा भट्ट

ब्याडमिन्टन सङ्घकाे अध्यक्षमा भट्ट

कञ्चनपुर । कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको अध्यक्षमा मीनराज भट्ट निर्वाचित भएका छन् । आज सङ्घको १३ औँ अधिवेशनबाट महेन्द्रनगरका भट्ट निर्वाचित भएका हुन् । अध्यक्ष पदका लागि भएको निर्वाचनमा प्रतिद्वन्दी रवीन्द्र केसीलाई ३४ मतले पराजित गर्दै उनी निर्वाचित भएका छन् । कूल खसेको १२४ मतमा भट्टले ७९ र केसीले ४५ मत प्राप्त गरेका निर्वाचन अधिकृत हरकसिंह धामीले जानकारी दिए ।

स्याङ्जाको हरिनास गैराखोलामा खुल्ला स्तरीय भलिबल प्रतियोगिता हुँदै

खगेन्द्र हमाल, स्याङ्जा । जिल्ला हरिनास गाउँपालिका ६ गैराखोलामा खुल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । विगतको वर्ष जस्तै यस वर्ष पनि प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गतेदेखि स्याङ्जाको हरिनास गाउपालिका वडा नं ६ क्याक्मी गैराखोलामा साविकको वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुनेभएको छ । यसका साथै विविध सांस्कृतिक कार्यक्रम पनि हुने किरण मानन्धरले जानकारी दिए ।

Ad

प्रतिक्रिया दिनुहोस