भोली माघ ८ गते सुर्खेतमा विरोध प्रदर्शन गर्दै माधव–प्रचण्ड समुह, यी हुन मुख्य वक्ताहरु

खगेन्द्र हमाल, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी नेकपाले माघ ८ गते सुर्खेतमा प्रतिनिधि सभा विघटनका विरुद्धमा सशक्त सडक संघर्षका कार्यक्रमहरु गर्ने भएको छ । यसअघि कर्णाली प्रदेशमा क्रमशः ८, ९, १० कार्यक्रम हुने मिति पार्टीले तय गरेको थियो । काठमाडौमा ९ गते हुन गईरहेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको बृहत् कार्यक्रमले ९ र १० गतेका कार्यक्रमहरु स्थगित गरिएको एक प्रदेश कमिटी सदस्य लोकेन्द्र राना (प्रशान्त) ले बताए।
२०७७ पौष ५ गते प्रधानमन्त्री द्वारा गरिएको प्रतिनिधिसभा विघटन असंबैधानिक र यो नेपाली जनताको हित विपरीत हो । यसको विरुद्धमा सडक संघर्ष र जनदबाब बाट मात्रै यो कदम सच्याउन सक्ने भएकोले नेकपाले सडक संघर्षका कार्यक्रमहरु गर्ने भएको सदस्य रानाले बताए । १७ हजार नेपाली जनताको बलिदानिबाट प्राप्त यस व्यवस्थाको रक्षाका निम्ति जनताको समर्थनमा र जनदबाबाट मात्रै प्रधानमन्त्रीले चालेको असंबैधानिक कु लाई सच्याउन सकिने भएकोले सडकबाट नै यसलाई सच्याउन आफ्नो पार्टी निरन्तर सडक संघर्षका कार्यक्रमहरु गर्ने भएको बताए।
प्रदेश कमिटी सदस्य रानाले भने हजारौं सहिद,लाखौ कार्यकर्ता ,लाखौं लाख जनताको बलिदानबाट स्थापित व्यवस्थाको विरुद्ध चालिएको असंबैधानिक कदमका विरुद्ध लोकतान्त्रिक गणतन्त्र एवंम समावेशी व्यवस्थाको रक्षा गर्नका निम्ति यो कार्यक्रमको आयोजना गरिएको हो । उक्त बिरोध र्याली सभालाई सम्बोधन गर्न नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल प्रमुख वक्ता रहेका छन । त्यसैगरी अर्का वक्ताका रुपमा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश कमिटी ईन्चार्ज जनार्दन शर्मा, स्थायी कमिटी सदस्य शक्ति बस्नेत लगायतको उपस्थित रहने जानकारी दिए । पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले उक्त कार्यक्रममा उपस्थितिका लागि सुर्खेत बासिहरुलाई अनुरोध गरेका छन ।
सुनसरी । नेकपाको केन्द्रीय संघर्ष समिति सदस्य रामप्रसाद रिजालले सर्वोच्च अदालतले एकीकरणलाई मान्यता नदिएको नभई एकता पछिको नामलाई मात्र मान्यता नदिएको तर्क गरेका छन । नेता रिजालले बहुमत केन्द्रीय सदस्य हरुको हस्ताक्षरबाट पार्टीको नामकरण हुने बताए । आकाशै खसे जस्तो केही भएको छैन भन्दै उनले बहुमत नपुगे पछि ओली र बादलहरुको मादल चाहिं राम्रै संग फुटेको उल्लेख गरे ।
दार्चुला। जिल्लाको गोकुलेश्वर–रिठाचौपाता सडकखण्ड अन्तरगत उचाकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।