Namaste Icon
Ad
Ad

अब राजा राख्‍नुपर्छ : अभिनेत्री करिश्मा मानन्धर

अब राजा राख्‍नुपर्छ : अभिनेत्री करिश्मा मानन्धर

काठमाडौं । चर्चित अभिनेत्री करिश्मा मानन्धरले अहिलेको राजनीतिक व्यवस्थाका कारण जनता दिक्क भएको बताएकी छन्। पुस ५ मा संसद् विघटनसँगै देशमा सुरु भएको राजनीतिक अस्थिरता र सत्ताको तानातान देखेर करिश्माले चिन्ता जनाएकी हुन्।

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर करिश्माले बुधबार सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक गरेकी छन्। उनले बुधबार सार्वजनिक गरेका तीनवटा धारणाले उनी अहिलेको राजनीतिक अस्थिरतालाई लिएर चिन्तित रहेको देखाएका छन्।

उनले अहिलेको बहुदलीय प्रणालीबाट जनता पनि दिक्क भइसककेको आशयको धारणा व्यक्त गरेकी छन्। ‘धेरै कमेन्ट हेरेँ । यो कामै छैन । पार्टी सिस्टम काम छैन,’ डा. बाबुराम भट्टराईले गठन गरेको नयाँशक्ति पार्टीकी पूर्व नेतृसमेत रहेकी उनले भनेकी छन’, ‘दुई विचार काम छ । राजा राख्‍ने । दुई विचारले नेपाल चलाउने।’

Ad

सम्बन्धित समाचारहरु

जय शिव शंकर भन्दै आए कृष्ण भण्डारी (भिडियोसहित)

जय शिव शंकर भन्दै आए कृष्ण भण्डारी (भिडियोसहित)

काठमाडौं । लोकप्रिय भजन गायक कृष्ण भण्डारीले शिवरात्रीलाई मध्यनजरगर्दै शिव भगवानको भजन सार्वजनिक गरेका छन् । शिवरात्री नजिकिंदै गर्दा भक्तजनहरुले राखेको भजनको अपेक्षा पूरा गर्न शिवजीको भजन ल्याएको गायक भण्डारीले बताए । जय शिव शंकर बोलको भजनमा स्वर, शब्द संगीत, भण्डारी आफैले दिएका छन्। भजनको एरेन्ज जोनि योन्जन तामङ्गको रहेको छ ।

प्रियंका चोपडाले खाेलिन रेस्टुरेन्ट

प्रियंका चोपडाले खाेलिन रेस्टुरेन्ट

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाले न्यूयोर्कमा रेस्टुरेन्ट व्यवसाय शुरू गरेकी छन् । उनले हालै मात्र न्यूयोर्कमा रेस्टुरेन्ट घोषणा गरेकी हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस