Namaste Icon
Ad
Ad

एकमहिने लामाे सालीनदी मेलाको तयारी पुरा, व्रतालुको संख्या घटाइयो

एकमहिने लामाे सालीनदी मेलाको तयारी पुरा, व्रतालुको संख्या घटाइयो

काठमाडौं । यस बर्षको स्वस्थानी ब्रत तथा सालीनदी मेला यही माघ १५ गतेबाट फागुन १५ गतेसम्म चल्ने भएको छ । साँखुको सालीनदीमा चल्ने माधवनारायण ब्रत अर्थात श्रीस्वस्थानी ब्रत मेलाको तयारी अनितम चरणमा पुगेको छ । विगतमा जस्तो ठुलो मेला नहुने भएपनि व्रतालुको संख्या घटाएर मेला गर्न लागेको श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । व्रतालुको संख्या १५ पुरुष र ३५ जना महिला हुने बताइएको छ । कोरोना माहामारीलाई ध्यानमा राख्दै यसवर्ष गत वर्षहरु जस्तो भिडभाड गर्न नहुने भन्दै सचेतता अपनाउदै मेला तथा व्रत मनाउन समितिले अनुरोध गरेको छ ।

पत्रकार सम्मेल गर्दै शालीनदी सुधार समितिले सकेसम्म कम भिड हुने गरि व्यवस्थापन मिलाइएको बताइयो । सो अवसरमा बोल्दै शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले केही समय अगाडिदेखि विश्वव्यापी रूपमा फैलिएको कोरोना भाईरस र आउँदै गरेको नयाँ भाईरसले गर्दा सालीनदी मेलालाई व्यवस्थापन गर्न गाह्रो हुने बताए ।

नगरप्रमुख श्रेष्ठले भक्तजनहरुबीच कसरी भौतिक दुरी कायम गराउने भन्ने अर्को मुख्य चुनौती रहेको र स्वास्थ्य मापदण्डमा रहेर मेला सम्पन्न गर्न निकै कठिन हुने धारणा व्यक्त गरे । श्रेष्ठले यसपालिको स्वस्थानी मेलामा स्थानीय व्यवसायीलाई मात्रै होटेल पसल गर्न नगरपालिकले स्वीकृति दिएको जानकारी गराउँदै प्रत्येक होटेल तथा पसलमा मुल्यसुची राखिने बताए । मेलालाई प्रभावकारी ढंगबाट व्यवस्थापन गर्न अनुगम टोलि खटाईने र मुल्यसुचिभन्दा बढी लिएको पाइएमा त्यस्ता व्यवसायीलाई कार्वाही गर्ने नगरप्रमुख श्रेष्ठले बताए ।

श्रेष्ठले धार्मिक आस्था राख्ने व्यक्तिमाथी छेकथुन गर्न नसकिने संकेत गर्दै यस्ता मेलालाई कसरी व्यवस्थित गर्ने भन्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिए । उनले नेपाल सरकारले सबै धार्मिक स्थलहरु बन्द गरेको भए सालीनदी मेला पनि बन्द हुन सक्थ्यो तर, नेपालका प्रायः सबै धार्मिक स्थलहरु खुल्ला भएका कारण कोरोना कहरकाबीच पनि यो मेला गर्न बाध्य भएको बताए ।

त्यस्तै, साँखुबाट हाल दैनिक ६० देखि ६५ वटा गाडी संचालनमा रहेको भए पनि मेला अवधिभर ९० देखि १ सय वटा गाडीको व्यवस्था गर्ने पूर्व अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले जानकारी दिए । काठमाडौं, भक्तपुर र ललितपुरका जिल्लाका विभिन्न स्थान भएर मेलामा आवतजावत गर्ने भक्तजनहरुलाई मध्यनजर गरेर १० देखि १५ वटा गाडी रिङरोड घुमेर साँखु सालीनदीसम्मको व्यवस्था गरिने पनि श्रेष्ठले बताए । त्यस्तै, उनले मेलाका लागि सालीनदी आउनेजाने सार्वजनिक गाडीको ढोकामा भाडादर टाँसिने र तोकिएको भन्दा बढी भाडा लिएको पाईएमा त्यस्ता चालक तथा सहचालकलाई तत्काल कारवाही हुने बताए ।

आफ्नो धारणा व्यक्त गर्दै विश्वमा कोभिड १९ भन्दा पनि खतरनाक र शक्तिशाली भाईरस आएकोले माधवनारायण स्वस्थानी मेला अर्थात् सालीनदी मेला संचालन गर्दा गहन रूपमा सोचेर मात्र अघि बध्नुपर्ने रामकृष्ण सिं डंगोलले बताए । रामकृष्णले हजारौं वर्षदेखि चल्दै आएको यो मेला रोक्न नसकिने बरु उचित व्यवस्थापन गरेर सिमित श्रद्धालु भक्तजनहरुलाई ब्रत बस्ने व्यवस्था मिलाईएको जानकारी दिए । त्यस्तै यसपालिको सालीनदी मेलालाई सफल रुपमा सम्पन्न गर्न बजार, यातायात, स्वास्थ्य लगायतका विषयलाई ध्यानमा राखेर अगाडि बढ्ने डंगोलले बताए ।

 

Ad

सम्बन्धित समाचारहरु

कांग्रेस र जसपाले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक  स्थगित

काठमाडौं । फागुन २६ गतेसम्मका लागि प्रतिनिधि सभा स्थगित भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठक केही समय चलेर स्थगित भएको हो । आइतबार बोलाइएको बैठक नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेपछि संसद सचिवालयले सूचना टाँस गरेर बैठकको नयाँ मिति फागुन २६ गते दिउँसो १ बजेका लागि तोकिएको हो ।

बैठक सुरु नभई संसद् भवनबाट बाहिरिए प्रधानमन्‍त्री ओली

बैठक सुरु नभई संसद् भवनबाट बाहिरिए प्रधानमन्‍त्री ओली

काठमाडौं । प्रधानमन्‍त्री केपी शर्मा ओली संसद् भवन नयाँ बानेश्वरबाट फर्किएका छन् । आइतबारका लागि आह्वान भएको प्रतिनिधिसभाको अधिवेशनमा भाग लिन अपराह्न करिब ४ बजे संसद् भवन पुगेका ओली बैठक सुरु नभई फर्किएका हुन् । ४ बजेका लागि बोलाइएको बैठक अझै सुरु भएको छैन ।

Ad

प्रतिक्रिया दिनुहोस